२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा ः अर्थमन्त्री महत

२०८०, ६ बैशाख बुधबार १०:४८

बैशाख ६, काठमाडौँ | अर्थमन्त्री डा प्रकाशशरण महतले ऊर्जाक्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताउनुभएको छ । आज काठमाडौँमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उहाँले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको पनि योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । 

“सन् ९० को दशकभन्दा अगाडि एक÷दुई मेगावाट बराबर मात्रै विद्युत् उत्पादन हुन्थ्यो । निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भएपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपिँदै गएको छ । यसबाट हाम्रो माग पूरा गरेर निर्यातसम्मको अवस्थामा पुगेका छौँ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।

ऊर्जा क्षेत्रमा राम्रो सम्भावना देखेरै निजी क्षेत्रका लगानीकर्ता आकर्षित भएको उल्लेख गर्दै उहाँले अहिले नेपाल यो क्षेत्रमा आत्मनिर्भर भएर विदेशमा निर्यातसमेत थाल्नु खुसीको कुरा भएकोे बताउनुभयो । ऊर्जा क्षेत्रमा लगानीकर्तालाई आकर्षितसमेत गरेको अर्थमन्त्री डा महतको भनाइ थियो ।

“नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु । लगानीकर्तालाई पर्ने समस्या समाधान गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो, “लगानीकर्तालाई विभिन्न सहुलियत र सुविधा दिन तयार छौँ । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीमा पनि राम्रो नतिजा आएको छ । नेपालको गतिलो आम्दानीको स्रोत नै ऊर्जा हो ।”

नेपालको विद्युत् भारत, बङ्गलादेशलगायत देशमा पु¥याउनका लागि पनि सरकारले पहल गर्ने अर्थमन्त्री डा महतको भनाइ थियो । “सरकारले विद्युत् भारत निर्यात गर्ने संयन्त्र बनाउने छ । विद्युत्का लागि बङ्गलादेश अर्को ठूलो बजार हो । बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ”, उहाँले भन्नुभयो, “विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन् । उनीहरुले मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु ।”

विद्युत्को आन्तरिक खपत बढाउन आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले विद्युतीय सवारी साधनको प्रयोग बढाएर यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ । घरायसी प्रयोजनका लागि  पनि बिजुलीको खपत बढाउन आवश्यक भएको उल्लेख गर्नुभयो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना