१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निजामती कर्मचारीहरूले गरे आन्दोलनको घोषणा, सिंहदरबार ठप्प पार्ने चेतावनी

६ बैशाख २०८०, बुधबार ११:१४

बैशाख ६, काठमाडौँ | निजामती कर्मचारीहरूका राष्ट्रियस्तरका युनियनहरूले विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् । आफूहरूका मागलाई सरकारले बेवास्ता गरेको बताउँदै कर्मचारीहरूले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्नेसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।


घोषित कार्यक्रमअनुसार उनीहरूले वैशाख १९ र २० गते प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्व र मुख्य सचिवलगायतका उच्च सरकारी अधिकारीहरूलाई एसएमएस पठाउने छन् । वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रही कामकाज ठप्प पार्नेछन् । 

कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले सरकारले आफूहरूले बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरेको बताए । 

“सरकारले प्रस्तावित संघीय निजामती सेवा ऐनमा हाम्रा माग समावेश गरी मस्यौदा तत्काल सार्वजनिक नगरेमा थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन्,” उनले भने, “कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा सुरक्षालगायतका माग सम्बोधन हुने गरी चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने हाम्रो माग हो ।”

देश संघीय राज्य व्यवस्थामा गएको लामो समयसम्म संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन निर्माणमासमेत अन्योलता सिर्जजना भएको उनले बताए ।

निजामती सेवा ऐन जारी गर्न माग गर्दै लामो समयदेखि कर्मचारीहरूले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । निजामती सेवामा तहगत प्रणाली लागु गर्ने कि नगर्ने, प्रदेश सचिव तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवा कर्मचारी हुने कि प्रदेश वा स्थानीय तहको कर्मचारी हुने भन्ने लगायतका विषयमा राजनीतिक सहमति वन्न नसक्दा संघीय निजामती सेवा ऐन जारी हुन नसकेको जानकारहरू बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण