२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निजामती कर्मचारीहरूले गरे आन्दोलनको घोषणा, सिंहदरबार ठप्प पार्ने चेतावनी

२०८०, ६ बैशाख बुधबार ११:१४

बैशाख ६, काठमाडौँ | निजामती कर्मचारीहरूका राष्ट्रियस्तरका युनियनहरूले विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् । आफूहरूका मागलाई सरकारले बेवास्ता गरेको बताउँदै कर्मचारीहरूले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्नेसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।


घोषित कार्यक्रमअनुसार उनीहरूले वैशाख १९ र २० गते प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्व र मुख्य सचिवलगायतका उच्च सरकारी अधिकारीहरूलाई एसएमएस पठाउने छन् । वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रही कामकाज ठप्प पार्नेछन् । 

कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले सरकारले आफूहरूले बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरेको बताए । 

“सरकारले प्रस्तावित संघीय निजामती सेवा ऐनमा हाम्रा माग समावेश गरी मस्यौदा तत्काल सार्वजनिक नगरेमा थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन्,” उनले भने, “कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा सुरक्षालगायतका माग सम्बोधन हुने गरी चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने हाम्रो माग हो ।”

देश संघीय राज्य व्यवस्थामा गएको लामो समयसम्म संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन निर्माणमासमेत अन्योलता सिर्जजना भएको उनले बताए ।

निजामती सेवा ऐन जारी गर्न माग गर्दै लामो समयदेखि कर्मचारीहरूले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । निजामती सेवामा तहगत प्रणाली लागु गर्ने कि नगर्ने, प्रदेश सचिव तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवा कर्मचारी हुने कि प्रदेश वा स्थानीय तहको कर्मचारी हुने भन्ने लगायतका विषयमा राजनीतिक सहमति वन्न नसक्दा संघीय निजामती सेवा ऐन जारी हुन नसकेको जानकारहरू बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना