२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविमाथि प्रचण्डको गम्भिर आरोप

२०८०, ७ बैशाख बिहीबार ०५:५३

बैशाख ७, काठमाडौँ | राष्ट्रिय परिचयपत्र सम्बन्धिको ठेक्का प्रक्रियामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि एकपछि अर्को गर्दै विभिन्न व्यक्तिहरुले गम्भीर टिप्पणी गर्दै आएका छन् ।

यो क्रम शिलशिलेबर चलिरहँदा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’देखि अन्य नेताहरुले समेत आलोचनात्मक टिप्पणी गरे ।

उनीहरुले रविले गरेको राष्ट्रिय परिचयपत्रको ठेक्का प्रक्रियामा प्रश्न उठाउँदै उनको छविमाथि शंकाको घेरा बनाए ।

राष्ट्रिय परिचयपत्रको विवरणबारे तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले लगाएको ठेक्काको विषय यतिबेला सर्वाधिक चर्चामा देखिन्छ ।

रवि आफैले यो विषयमा आफू कतै संलग्न नरहेको र प्रक्रियागत ढंगले आएको फाइलमा हस्ताक्षर गरेको भन्दै बदनियत नरहेको दाबी गरिरहेका छन् । तर, यस्तो ठेक्का प्रक्रियामा आर्थिक चलखेलको आशंका गर्दै रविविरुद्ध गम्भीर टिप्पणी हुन थालेका छन् ।

बुधबार उपचुनावी सभामा सहभागि हुन तनहुँ पुगेका प्रधानमन्त्री ’प्रचण्ड’ले रविको नाम नलिई राष्ट्रिय परिचयपत्रसम्बन्धि ठेक्कामा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको बताए ।

उनले भ्रष्टाचारविरुद्ध ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने आफूहरूले देखेको समेत बताए ।

मन्त्रिपरिषद्को निर्णयबाटै ठेक्का प्रक्रिया खारेज गरेपछि यो विषय थप पेचिलो बन्न पुगेको छ । यो विषयमा अख्तियारले छानविन समेत गरिरहेको बताइन्छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेका आरोप लगाएका छन् ।

एमाले अध्यक्ष केपी ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको आरोप लगाए ।

राष्ट्रिय परिचयपत्रको ठेक्का प्रक्रियामाथि प्रश्न मात्रै उठाइएको छैन् । यसमा भ्रष्टाचार नै भएको भन्दै प्रधानमन्त्री आफैले बोलेपछि भने विषय गम्भीर बन्न पुगेको छ ।

एक हप्तामै ठेक्का प्रक्रियामा पुगेको राष्ट्रिय परिचयपत्रको विषय एकपछि अर्को गर्दै रहस्यमय त बन्दैन ? प्रश्न उठ्न थालेको छ । यद्यपि रविले आफू यो विषयमा नियतबस कुनैपनि काममा संलग्न नभएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना