२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वायुसेवा निगमबाट करिब तीन अर्ब साँवा र ब्याज भुक्तानी

२०८०, ७ बैशाख बिहीबार ०८:१०

बैशाख ७, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब रु तीन अर्ब भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको रु दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ भुक्तानी गरेको हो ।

निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत  लिएको ऋणको विसं २०७९ असार महिनादेखि चैत ३० गतेसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ ।

निगमले २०७९ चैत्र महिनाको किस्ताबापत दुवै कोषलाई जम्मा रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ । सोही वर्षको असारमा रु एक अर्ब ३५ करोड, असोजमा रु ७३ करोड नौ लाख ५५ हजार दुई सय एकासी, पुसमा रु ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ र चैतमा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ गरी जम्मा रु दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।

विश्वव्यापी कारोना महामारीका कारण निगमको व्यापार खुम्चियो । परिस्थिति सहज बनेपछि निगमको आम्दानीमा पनि सुधार आएकाले दुबै कोषलाई नियमितरुपमा किस्ता तिर्न सकिएको  प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना