१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहाको मिर्चैयामा गोली चल्यो, पाँच प्रहरीसहित दर्जनौं घाइते

७ बैशाख २०८०, बिहीबार १०:२६

बैशाख ७, सिरहा | सिरहाको मिर्चैया नगरपालिकाले घर भत्काइएको विरुद्ध स्थानीयबासीले गरिरहेको आन्दोलनमा गोली चलेको छ। आन्दोलनको क्रममा ५ प्रहरी र दर्जनौं स्थानीयबासी घाइते भएको हो। 

बिहीबार स्थानीयबासीले प्रदर्शन गर्दै नगरपालिका कार्यालय घेराउ गर्न पुगेका थिए। आन्दोलनकारीहरूले आफूहरूले उठाएको विषयमा मेयर श्रवण यादवले जवाफ दिनुपर्ने अडान राखेको थियो। मेयर यादव कार्यालय बाहिर नआएपछि आन्दोलनकारीहरुले ढुगांमुढा सुरु गरेको थियो। 

त्यही भीडलाई नियन्त्रण गर्न प्रहरीले २७ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले जानकारी गराए। आन्दोलनकारीको ढुगांमुढा र तोडफोडले नगरपालिकाको सवारीमा क्षति पुगेको डीएसपी पाण्डेले सुनाए। 

केहीदिन अघि नगरपालिकाले गाउँब्लक जग्गामा रहेको ३७ वटा घरहरु भत्काइएको थियो। जसमा मेयर यादवले सरकारको नाउमा रहेको जग्गा खाली गराइएको दाबी गरेका थिए। तर, स्थानीयबासीले आफूहरू पुस्तौदेखि गाउँब्लक जग्गामा बसोबास गरिरहेको बताएका छन्। आफूहरूको पुनः बसोबास कायम हुनुपर्ने माग गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण