२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहाको मिर्चैयामा गोली चल्यो, पाँच प्रहरीसहित दर्जनौं घाइते

२०८०, ७ बैशाख बिहीबार १०:२६

बैशाख ७, सिरहा | सिरहाको मिर्चैया नगरपालिकाले घर भत्काइएको विरुद्ध स्थानीयबासीले गरिरहेको आन्दोलनमा गोली चलेको छ। आन्दोलनको क्रममा ५ प्रहरी र दर्जनौं स्थानीयबासी घाइते भएको हो। 

बिहीबार स्थानीयबासीले प्रदर्शन गर्दै नगरपालिका कार्यालय घेराउ गर्न पुगेका थिए। आन्दोलनकारीहरूले आफूहरूले उठाएको विषयमा मेयर श्रवण यादवले जवाफ दिनुपर्ने अडान राखेको थियो। मेयर यादव कार्यालय बाहिर नआएपछि आन्दोलनकारीहरुले ढुगांमुढा सुरु गरेको थियो। 

त्यही भीडलाई नियन्त्रण गर्न प्रहरीले २७ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले जानकारी गराए। आन्दोलनकारीको ढुगांमुढा र तोडफोडले नगरपालिकाको सवारीमा क्षति पुगेको डीएसपी पाण्डेले सुनाए। 

केहीदिन अघि नगरपालिकाले गाउँब्लक जग्गामा रहेको ३७ वटा घरहरु भत्काइएको थियो। जसमा मेयर यादवले सरकारको नाउमा रहेको जग्गा खाली गराइएको दाबी गरेका थिए। तर, स्थानीयबासीले आफूहरू पुस्तौदेखि गाउँब्लक जग्गामा बसोबास गरिरहेको बताएका छन्। आफूहरूको पुनः बसोबास कायम हुनुपर्ने माग गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना