१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिंहदरबारमा प्रचण्ड-ओलीबीच साढे दुई घण्टा छलफल, के के भयो कुराकानी ?

८ बैशाख २०८०, शुक्रबार ०६:२६

वैशाख ८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा बिहान ९ बजेदेखि साढे ११ बजेसम्म छलफल भएको हो ।

छलफलमा प्रधानन्यायाधीश नियुक्ति, संसदीय सुनुवाइ समिति गठन, संवैधानिक परिषद्सम्बन्धी कानून निर्माण, टीआरसी विधेयक लगायको बिषयमा छलफल भएको बताइएको छ । बुधबार बसेको संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा कुरा मिल्न सकेको थिएन । अब संवैधानिक परिषद्का सदस्य समेत रहेको राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना रुसबाट फर्केपछि बैठक बस्ने तयारी छ ।

बुधबारको बैठकमा प्रधानमन्त्रीले प्रधानन्यायाधीश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, ओलीले सहमति जनाएका थिएनन् । आजको बैठकमा प्रधानन्यायाधीशसहित संसदीय सुनुवाइ समिति गठनलगगायको विषयमा छलफल भएको बताइन्छ । यसअघि ओली निवास बालकोटमा बसेको तीन दलको शीर्ष नेताहरूको बैठकमा चाँडै प्रधानन्यायाधीश नियुक्ति गर्ने सहमति भएको छ । त्यहीअनुसार अहिले दलहरू गृहकार्यमा लागिरहेका छन् ।

त्यसो त आजै सुर्खेत पुगेका उपप्रधान तथा रक्षा/कानून मन्त्री पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भइरहेकाले केही दिनमै टुंग्याउने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण