१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यसरी हुँदैछ उपनिर्वाचनमा मतदान (फोटो फिचर)

१० बैशाख २०८०, आईतवार ०२:४२

वैशाख १०, काठमाडौँ । आज उप निर्वाचन, निर्वाचन आयोगका अनुसार तीनै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ ।  चितवन २, बारा २ र तनहुँ १ का विभिन्न मतदान स्थलहरुमा मतदान सुरु भएको हो । 

आज साँझ ५ बजेसम्म मतदान जारी रहने छ । आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ ।

हेर्नुहोस् केहि तस्वीरहरु: 

तनहुँ–१ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार व्यास–२ स्थित सत्यवती मावि मतदान केन्द्रमा बिरामी मतदान गर्न आउँदै मतदाता । तस्बिर: कृष्ण न्यौपाने/रासस


तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभाको उपनिर्वाचनको लागि लामबद्व  मतदाता । बिहान ७ बजेदेखि शान्त वातावरणमा ६९ मतदान स्थल र १५२ मतदान केन्द्रमा मतदान भइरहेको छ  । तनहुँमा १ लाख २३ हजार ३०५ जना मतदाताले मतदान गर्दैछन् । तस्बीर: सानेबहादुर नेपाली/रासस


चितवन क्षेत्र नम्बर– २ मा आज आइतबार भएको उपनिर्वाचनमा भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालय मतदान केन्दमा ह्विलचियरमा मतदान गर्न जानुभएका एक मतदाता । तस्बिर: सनद अधिकारी/रासस


चितवन क्षेत्र नम्वर २ मा आज आइतबार भइरहेको उपनिर्वाचनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भरतपुरको चौबिसकोठीमा सवारीसाधनको चेकिङ्ग गर्दै । तस्विरः कृष्ण आचार्य/रासस


चितवन क्षेत्र नम्वर २ मा आज आइतबार भइरहेको उपनिर्वाचनको अनुगमन गर्न मतदान स्थलतर्फ जाँदै परिवेक्षकहरु । तस्बिरः कृष्ण आचार्य/रासस


चितवन क्षेत्र नम्वर २ मा आइतबार भइरहेको उपनिर्वाचनमा मतदानका लागि बिहानै नारायणी नमुना मावि मतदानस्थलमा लामबद्ध मतदाता । तस्बिर: कृष्ण आचार्य/रासस


तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि आइतबार भइरहेको उपनिर्वाचनमा देवघाट–५ बज्रयोगिनी मावि मतदान केन्द्रमा मतदान गर्दै ७६ वर्षीया लक्ष्मीदेवी ढकाल । तस्बिर: कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण