२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यसरी हुँदैछ उपनिर्वाचनमा मतदान (फोटो फिचर)

२०८०, १० बैशाख आईतवार ०२:४२

वैशाख १०, काठमाडौँ । आज उप निर्वाचन, निर्वाचन आयोगका अनुसार तीनै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ ।  चितवन २, बारा २ र तनहुँ १ का विभिन्न मतदान स्थलहरुमा मतदान सुरु भएको हो । 

आज साँझ ५ बजेसम्म मतदान जारी रहने छ । आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ ।

हेर्नुहोस् केहि तस्वीरहरु: 

तनहुँ–१ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार व्यास–२ स्थित सत्यवती मावि मतदान केन्द्रमा बिरामी मतदान गर्न आउँदै मतदाता । तस्बिर: कृष्ण न्यौपाने/रासस


तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभाको उपनिर्वाचनको लागि लामबद्व  मतदाता । बिहान ७ बजेदेखि शान्त वातावरणमा ६९ मतदान स्थल र १५२ मतदान केन्द्रमा मतदान भइरहेको छ  । तनहुँमा १ लाख २३ हजार ३०५ जना मतदाताले मतदान गर्दैछन् । तस्बीर: सानेबहादुर नेपाली/रासस


चितवन क्षेत्र नम्बर– २ मा आज आइतबार भएको उपनिर्वाचनमा भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालय मतदान केन्दमा ह्विलचियरमा मतदान गर्न जानुभएका एक मतदाता । तस्बिर: सनद अधिकारी/रासस


चितवन क्षेत्र नम्वर २ मा आज आइतबार भइरहेको उपनिर्वाचनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भरतपुरको चौबिसकोठीमा सवारीसाधनको चेकिङ्ग गर्दै । तस्विरः कृष्ण आचार्य/रासस


चितवन क्षेत्र नम्वर २ मा आज आइतबार भइरहेको उपनिर्वाचनको अनुगमन गर्न मतदान स्थलतर्फ जाँदै परिवेक्षकहरु । तस्बिरः कृष्ण आचार्य/रासस


चितवन क्षेत्र नम्वर २ मा आइतबार भइरहेको उपनिर्वाचनमा मतदानका लागि बिहानै नारायणी नमुना मावि मतदानस्थलमा लामबद्ध मतदाता । तस्बिर: कृष्ण आचार्य/रासस


तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि आइतबार भइरहेको उपनिर्वाचनमा देवघाट–५ बज्रयोगिनी मावि मतदान केन्द्रमा मतदान गर्दै ७६ वर्षीया लक्ष्मीदेवी ढकाल । तस्बिर: कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना