२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपेन्द्र, पुरुषोत्तम र रमेशले भोट हाल्न नपाउने, शिवचन्द्रले गरे मतदान

२०८०, १० बैशाख आईतवार ०५:४१

वैशाख १०, बारा । बारा क्षेत्र नम्वर २ को उपनिर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाले मतदान गरेका छन् ।

महागढीमाई नगरपालिका-२ बरैयाटोलस्थित स्वास्थ्य चौकी मतदान केन्द्रमा उनले मतदान गरे । भोट हालेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताले आफूलाई विजय गराउने विश्वास व्यक्त गरे ।


अहिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका कुशवाहा थोरै मतान्तरले पराजित भएका थिए । सो क्षेत्रबाट निर्वाचित जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको छ ।

उपनिर्वाचनमा माओवादीबाट टिकट नपाउने भएपछि कुशवाहा जनमतमा प्रवेश गरी उम्मेदवार बने ।

कुशवाहासँगै प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेलले भने भोट हाल्न नपाउने भएका छन् ।

एमालेका पौडेल बारा-३ को मतदाता रहेको, जसपा नेपालका यादवको सप्तरीमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा