२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

क्रिष्टल फाइनान्सको निक्षेप दाबी गर्न सूचना

२०८०, १० बैशाख आईतवार ०६:३५

वैशाख १०, काठमाडौँ । खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्स लिमिटेडमा निक्षेप खाता रहेका व्यक्ति, सङ्घ तथा संस्थालाई आफ्नो निक्षेप फिर्ता लिन सूचना जारी भएको छ ।

कम्पनी खारेजीको काम कारबाही गर्न उच्च अदालत पाटनको आदेशबमोजिम स्थापना भएको लिक्विडेटरको कार्यालयले आज यस्तो सूचना जारी गरेको हो । 

क्रिष्टल फाइनान्सबाट पैसा फिर्ता लिन बाँकी रहेका व्यक्ति तथा संस्थालाई १५ दिनभित्र आफ्नो निक्षेप भुक्तानी लिन दाबी पेस गर्न भनिएको छ । निक्षेपकर्ताले आफ्नो निक्षेप दाबी गर्दा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कम्पनी, सङ्घसंस्थाको हकमा दर्ता तथा प्यान प्रमाणपत्रको प्रतिलिपि, निक्षेपकर्ताको खातामा रहेको नाम, खाता खोल्दाका बखतको हस्ताक्षरलगायतका कागजात एवं विवरण पेस गर्न भनिएको छ ।

सो कम्पनीलाई ऋण दिएका व्यक्ति तथा संस्थालाई आफ्नो ऋण दाबी पेस गर्न लिक्विडेटरको कार्यालय यसअघि नै सूचना जारी गरिसकेको छ । क्रिष्टल फाइनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकबाट २०५८ फागुन ८ गते ‘ग’ वर्गको वित्तीय संस्थाका रुपमा इजाजत पाएको थियो ।

वित्तीय अवस्था बिग्रिएपछि यो कम्पनीलाई राष्ट्र बैंकले विसं २०६९ मा समस्याग्रस्त घोषणा गरेको थियो । उच्च अदालत पाटनको विसं २०७२ कात्तिक २० गतेको फैसलाअनुसार राष्ट्र बैंकले २०७७ भदौमा यो कम्पनीको लाइसेन्स खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना