वैशाख १०, बारा । उपनिर्वाचन भइरहेको बारा-२ को देवताल गाउँपालिका वडा नम्वर २ कल्याणपुरस्थित मतदानस्थल बाहिरबाट चारजना पक्राउ परेका छन् ।
मतदातालाई प्रभावमा पार्न खोज्ने क्रममा प्रहरीले चारजनालाई पक्राउ गरेको हो । उनीहरू कुन पार्टीका कार्यकर्ता रहेको खुल्न सकेको छैन ।
मतदातालाई पैसा बाँड्दै हिँडेको आरोपमा उनीहरू पक्राउ परेको बताइएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मतदानस्थल बाहिर हो हल्ला गर्ने ४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।