वैशाख १०, काठमाडौँ । चितवन २ मा उपनिर्वाचनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यकताबीच झडप भएको छ । चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा यी दुई पक्षबीच झडप भएको हो ।
मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरे । दुवै पक्षबीच भनाभनसहित झडप भएपछि प्रहरीले लाठी प्रहार गरेको छ ।
त्यसक्रममा एमालेका केही कार्यकर्ता पक्राउसमेत परेका जनाइएको छ ।