२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तनहुँमा ५२ प्रतिशत मत खस्यो

२०८०, १० बैशाख आईतवार १२:०४

वैशाख १०, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। बिहानदेखि उत्साहजनक रूपमा भएको मतदान दिउँसो घाम लागेपछि पातलिएको थियो। 

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ। 


उनले भने ‘हामी अहिले डेटा संकलन गर्दर्छौँ। प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरेका छौँ। ठ्याक्कै तथ्यांक केहीबेरमा जानकारी गराउनेछौँ।’ 

गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो। ६९ मतदानस्थल रहेको यस क्षेत्रको १५२ मतदान केन्द्रमा शान्तिपूर्ण र सौहार्द वातावरणमा मतदान भएको हो। 

यस क्षेत्रमा १ लाख २३ हजार ३०५ जना मतदाता रहेका छन्। मतदान गराउन ७ सय ६० कर्मचारी खटिएका थिए। 

सवै मतदान केन्द्रबाट मतपेटिका ल्याएपछि सर्वदलिय बैठक बसेर मतगणनाको समय तोकिने प्रमुख ढकालले बताए। उनका अनुसार कोटा, वैडी, छिपछिपे, व्यास तथा भानुका उपल्लो भेगबाट राति १२ बजेसम्म मतपेटिका आइपुग्ने छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना