१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मतगणना लाइभ गर्न सीके राउतको माग, ४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटिएको दाबी

११ बैशाख २०८०, सोमबार ०६:३६

बैशाख ११, बारा | जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा २ को मतगणना लाइभ गर्न माग गरेका छन् । उनले बारा २ को सुवर्ण गाउँपालिको ४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटेको बताएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन प्रहरी, प्रशासन नै लाग्नसक्ने उनको आशंका छ । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाह, एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल प्रतिस्पर्धामा छन् ।

चारवटा बाकसको सिल टुटेको अवस्थामा भेटिएको भन्दै एक भिडिओ पोष्ट गर्दै राउतले फेसबुकमा लेखेका छन्, ‘बारा-२ को मतगणना स्थलको लाइभ हुनुपर्छ । सप्तरी-२ मा हामीले भोगिसकेका छौं, हार्न लागे पछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै । बारा-२ मा सुवर्ण गाउँपालिकाको ४ बटा बाकसको सिल टुटेको भेटिएको छ ।’

उनले मंसिरको निर्वाचनमा सप्तरी २ मा जसपाले हार्न लागेपछि भित्र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेका स्मरण गरेका छन् । त्यो कदममा प्रहरी प्रमुखको मिलेमतो रहेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण