२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मतगणना लाइभ गर्न सीके राउतको माग, ४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटिएको दाबी

२०८०, ११ बैशाख सोमबार ०६:३६

बैशाख ११, बारा | जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा २ को मतगणना लाइभ गर्न माग गरेका छन् । उनले बारा २ को सुवर्ण गाउँपालिको ४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटेको बताएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन प्रहरी, प्रशासन नै लाग्नसक्ने उनको आशंका छ । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाह, एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल प्रतिस्पर्धामा छन् ।

चारवटा बाकसको सिल टुटेको अवस्थामा भेटिएको भन्दै एक भिडिओ पोष्ट गर्दै राउतले फेसबुकमा लेखेका छन्, ‘बारा-२ को मतगणना स्थलको लाइभ हुनुपर्छ । सप्तरी-२ मा हामीले भोगिसकेका छौं, हार्न लागे पछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै । बारा-२ मा सुवर्ण गाउँपालिकाको ४ बटा बाकसको सिल टुटेको भेटिएको छ ।’

उनले मंसिरको निर्वाचनमा सप्तरी २ मा जसपाले हार्न लागेपछि भित्र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेका स्मरण गरेका छन् । त्यो कदममा प्रहरी प्रमुखको मिलेमतो रहेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना