१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपनिर्वाचन: तीन वटै निर्वाचन क्षेत्रमा धमाधम मतगणना (मत परिणाम सहित)

११ बैशाख २०८०, सोमबार ०८:५८

बैशाख ११, काठमाडौँ | आइतबार उपनिर्वाचन सम्पन्न भएका बारा–२, चितवन–२ र तनहुँ १ मा धमाधम मतगणना सुरु भएको छ । तनहुँ १ मा गएरातिदेखि नै मतगणना सुरु भइरहेको हो भने बारा २ र चितवन २ मा सोमबार दिउँसोदेखि मतगणना सुरु भएको हो । 

मतगणना सुरु भएदेखि नै तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बनाइरहेका छन् । हालसम्म २७ हजार ४४ मत गन्दा वाग्लेले १३ हजार ७४९ मत प्राप्त गरेका छन् भने उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ०३६ मत पाएका छन् | भट्टराईभन्दा वाग्ले ५,७१३  मतले अगाडि छन्। वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३९५ मत प्राप्त गरेका छन्।

यस्तै बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक अग्रता बनाएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याउँदा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पछि रहेका छन् । 

 यो क्षेत्रमा ६७० मत गन्दा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २२४ मत ल्याउदा जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याएका छन् । त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले १६६ मत ल्याएका छन् भने रास्वपाका रमेश खरेलले ८० मत ल्याएका छन् ।

यस्तै चितवन २ मा रास्वपाका पनि केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । चितवनमा रास्वपाका सभापति रवि लामिछानेसहित कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

बारा २ मा ६८ हजार ८८७, चितवन २ मा ७८ हजार २७७ र तनहुँ १ ६३ हजार ७५७ हजार मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण