वैशाख ११, काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार रवि लामिछानेको अग्रता कायमै छ ।
इच्छाकामना गाउपालिकाकोे १ देखि ६ सम्मका वडाको मत गन्दा लामिछाने ३६०२ मतसहित अग्रस्थानमा छन् । त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले २०८२ मत पाउँदा कांग्रेसका जीतनारायण श्रेष्ठले १४४९ मत प्राप्त गरेका छन् ।