१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

१६ दिन पछि उठ्यो सिंहदरबारको फोहोर, राष्ट्रपति कार्यालय र बालुवाटारको भोलिदेखि उठाइने

११ बैशाख २०८०, सोमबार १२:३०

वैशाख ११, काठमाडौँ ।  सर्वोच्च अदालतले तीनदिनभित्रमा नउठेको फोहोर उठाउन महानरपालिकालाई निर्देशन दिएपछि आज सिंहदरबारभित्रको फोहोर उठाइएको छ । भोलिदेखि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा फोहोर उठ्ने भएको हो । सिंहदरबारबाट १६ दिनमा २५ टन फोहोर उठाइएको छ । 

सिंहदरबारको फोहोर उठाउने जिम्मा महानगरले निजी कम्पनीलाई दिएको थियो । परिवर्तन सेवा प्रालिले सिंहदरबार, राष्ट्रपति कार्यालय, बालुवाटारको फोहोर उठाउँदै आएको थियो ।

महानगरका मेयर बालेन साहले गत चैत २५ गते सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति कार्यालयको फोहोर नउठाउन निर्देशन दिएको थियो । मेयर साहको निर्देशनपछि १६ दिनदेखि फोहोर उठ्न छाडेको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीनदिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएकोआदेश पालना गर्ने जनाएसँगै फोहोर उठाउन थालिएको  छ ।

परिवर्तन सेवा कम्पनीले आजदेखि फोहोर उठाएको छ । गत चैत २५ गते मेयर साहले सि‌ंहदरबारको फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएसँगै सिहंदरबारको फोहोर उठ्न बन्द भएको थियो ।

सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरको नाममा आदेश जारी थियो ।अदालतको आदेश अनुसार आजदेखि नै सिंहदरबारको फोहोर उठाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण