बारा–२ उपनिर्वाचनः जसपा अध्यक्ष यादवको फराकिलो अग्रता

Posted on: 25 Apr, 2023

बैशाख १२, बारा | बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउनुभएको छ ।

जसपा अध्यक्ष यादवले १० हजार ३ सय २७ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ८ सय १२ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ । यस्तै  नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले ४ हजार १ सय ४ मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार ८ सय ७० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!