वैशाख १२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् ।
लामिछानेले सरकारलाई दिएको समर्थनबारे समीक्षा हुने भन्दै समर्थन कायम राखिराख्न पर्ने कारण आफूले नदेखेको बताए । उनले आफ्नो पार्टी सरकारमा जाने त सम्भावनै नरहेको बताएका छन् ।
उनले जितपछि काठमाडौं फर्किएर समीक्षा गरि सरकारसँग छलफल र वार्ता गर्ने बताए । उनले नयाँ सरकारको तयारीबारे पनि छलफल गर्नेबताए ।