एमाले र जनमतका प्रतिनिधिले मतपेटिका राखिएको कोठाको चाबी लिएर हिँडेपछि बाराको मतगणना रोकियो

Posted on: 25 Apr, 2023

वैशाख १२, बारा । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत गणना रोकिएको छ ।

मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो ।

‘सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडे, त्यसपछि म पनि किन बस्ने भनेर जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह पनि चाबी लिएर हिँडेपछि मतगणना रोकिएको छ’ स्रोतले भन्यो ।

निर्वाचन कार्यालयले चाबी लिएर हिँडेका प्रतिनिधिहरुलाई तुरुन्त चाबी ल्याएर आउन आग्रह गर्दै माइकिङ नै गरेको थियो । तर उनीहरु नआएपछि मत गणना रोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!