२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गाईवस्तुभन्दा जहाजको गोठालो गर्न गाह्रो रहेछः पर्यटनमन्त्री किराँती

२०८०, १२ बैशाख मंगलवार ०७:४१

वैशाख १२, काठमाडौँ । पर्यटनमन्त्री सुदन किराँतीले हिजो सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसले सिंगै देशलाई राहत दियो । सो स्टाटस काठमाडौंबाट उडेको फ्लाइ दुबईको विमानबारे थियो ।

उड्नासाथै समस्यामा परेको विमानबारे सबै जनता चिन्तामा परिरहेका बेला मन्त्री किराँतीले विमान सुरक्षितरुपमा गन्तव्यतर्फ लागेको सन्देश दिएका थिए । विमानका बारेमा उनले दिएको सोही सन्देश अन्तमा आधिकारिक सावित भयो ।

यस विषयमा मन्त्री किराँतीले आज सामाजिक सञ्जालमा रोचक स्टाटस लेखेका छन् । उनले जहाजको निगरानी गर्ने कार्यलाई गाउँमा गाईं भैंसीको गोठालो जानुसँग तुलना गरे ।

उनले लेखेका छन्, ‘गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज सहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ ।’

मन्त्री किराँतीले विमानमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको पनि उल्लेख गरेका छन् । उनले नकारात्मक हल्ला गर्ने बानी सबैले छाड्न आग्रह गरेका छन् ।

‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना