१४ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह

१२ बैशाख २०८०, मंगलवार ०८:०५

वैशाख १२, काठमाडौँ । पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले आज नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गलाई भेट गरी पोखराबाट चीनका विभिन्न सहरमा सिधा उडान गर्ने व्यवस्था मिलाइदिनका लागि अनुरोध गरेको हो ।

सो क्रममा कोरला नाका छिटो खोल्नका लागि विशेष पहल गर्न पनि राजदूतसँग अनुरोध गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

भेटघाटमा पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिराज तिमल्सिना, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापति, ओभरसिज चाइनिज नेपाल एसोसिएसनका अध्यक्ष, सचिव लगायतको उपस्थिति थियो । 

पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुनको २२ र २३ मा पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई भव्य बनाउनका लागि पनि आफूहरू प्रतिबद्ध रहेको उक्त अवसरमा जानकारी गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू-१९ एसिया कप: नेपालविरुद्ध श्रीलंकाले २४ ओभरमा ३ विकेट गुमाएर जोड्यो १०२ रन फिफा वरियतामा नेपालको एक स्थान सुधार बस दुर्घटनामा २१ जना घाइते, तीनजना गम्भीर यू १९–एसिया कप: नेपाललाई पहिलो सफलता, हेमन्तले लिए विकेट आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? जापानमा ‘नेपाल फेस्टिवल’ को तयारी अन्तिम चरणमा ’एनपिएल’ को हरेक चौकामा एनसेलले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने आजको विदेशी मुद्राको विनिमय दर: डलर र युरोको भाउ बढ्यो विधायन व्यवस्थापन समितिको बैठक बस्दै पाकिस्तानी अलराउन्डर तनवीरे चितवन राइनोजमा अनुबन्ध प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत यु–१९ एसिया कप : आज पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दै यस्तो रहने छ आजको मौसम ! रविलाई ल्याईंदै गर्दा त्रिभुवन विमानस्थलमा कडा सुरक्षा तैनाथी एनपीएल खेल्न नेपाल आइपुगे न्यूजिल्याण्डका मार्टिन रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणी- स्वतन्त्र नाम राखेर असन्तुष्टिलाई क्याच गरेर ठगीको प्रयास भयो अन्तशुल्क स्टिकर खरिदमा घोटला : विकल पौडेललाई ८ वर्ष कैदको फैसला काठमाडौं आइपुगे कमेडियन सुनील ग्रोवर रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, एयरपोर्टमा जम्मा हुन रास्वपाको आग्रह ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउँदै टिकटक, किन?