वैशाख १२, काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । मंगलबार दिउँसो २ः१५ को अध्यावधिक विवरणअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १५१८३ मत पाएका छन् ।
हालसम्म ३५३१२ मत गणना सम्पन्न हुँदा यादवले अगता कायमै राखेका हुन् । यस्तै दोस्रो स्थानमा रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार २७ मत र रास्वपाका रमेश खरेलले २ हजार ९५ मत पाएका छन् ।