१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मनमोहनका विचार र कामलाई अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक : ईश्वर पोखरेल

१३ बैशाख २०८०, बुधबार ०६:१२

बैशाख १३, काठमाडौँ | नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

मनमोहन अधिकारीको २४औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताए ।

वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको उनको भनाई छ । पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको बताए । वर्तमान गठबन्धन सिद्धान्तविहीन,उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको उनको जिकिर छ ।

पोखरेलले भने, ‘मनमोहन अधिकारीका विचार र कामहरूलाई अघि बढाउन जरुरी छ । आज हामी जुन अवस्था छौँ । एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता छ । राष्ट्रिय शक्ति निर्माण गरिरहँदा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यक्ता छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको र देशलाई गलत दिशातर्फ लगिरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण