१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आवश्यक बाहेकका मन्त्रालय, समिति, बोर्ड, कोष, परिषदहरु खारेज गर्नुपर्छ : महालेखा

१३ बैशाख २०८०, बुधबार ०६:१७

बैशाख १३, काठमाडौँ | महालेखा नियन्त्रकको कार्यालयले सरकारी निकाय र मन्त्रालयको संख्या घटाउनुपर्ने उल्लेख गरेको छ । आफ्नो ६० औं वार्षिक प्रतिवेदनमा महालेखाले संघीय मन्त्रालयको संख्या १२ मा झार्नुपर्ने उल्लेख गरेको हो ।

‘मन्त्रालयको संख्या सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ को प्रतिवेदनले संघमा १६ मन्त्रालय र ३५ विभाग कायम गर्न सुझाव दिइएको थियो,’ प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘राष्ट्रिय सभाको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिले तयार पारेको प्रतिवेदन, २०७९ मा संघमा १२ मन्त्रालय तथा प्रदेशमा ११ मन्त्रालय कायम गरिनुपर्ने उल्लेख छ ।’

त्यसैगरी, २०७० सालमा गठित उच्चस्तरीय प्रशासन सुधार सुझाउ समितिले तयार पारेको प्रतिवेदनमा पनि संघको मन्त्रालय संख्या १२ मा सीमित गर्नुपर्ने उल्लेख थियो । जबकी, संघियता लागू भएको वर्षौ वितिसक्दा समेत केन्द्र सरकारका मन्त्रालयहरु २२ वटा छन् । मन्त्रालयमातहतका विभागको संख्या ८१ छन् । आवश्यक्ताभन्दा बढी संख्यामा रहेका मन्त्रालय र विभागका कारण चालु खर्चमा बढिरहेको छ ।

सोहीकारण, विभिन्न समयमा विज्ञहरूले दिएका प्रतिवेदनको आधारमा मन्त्रालय तथा विभागको संख्या कम चालू खर्च घटाउन महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण