१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदीय सुनुवाइ समितिका सदस्य आज प्रस्ताव नहुने

१३ बैशाख २०८०, बुधबार ०८:१२

बैशाख १३, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको नाम प्रस्ताव नहुने भएको छ । सदन बस्नुअघि सभामुख देवराज घिमिरेले आजको बैठकमा सबै दलबाट नाम नआएकाले प्रस्ताव गर्न नसकिने जानकारी गराएका छन् ।

कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुखले भने, ‘तपाईंहरूले नाम (संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’

संसदीय समितिमा अहिलेसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले नाम पठाएका छैनन् । तीन ठूला दलबाहेक साना सबै दलबाट नाम आइसकेको स्रोतले जनाएको छ ।

बैठकमा सभामुखले संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधारेर जानुपर्ने बताए । संसदमा उठेका कुराहरूमा मन्त्रीहरूलाई जवाफ दिन समन्वय गरिरहेका उल्लेख गर्दै आज गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण