१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रतिनिधिसभा बैठक: एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण

१३ बैशाख २०८०, बुधबार १०:५३

बैशाख १३, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आकस्मिक समयमा  उहाँले भद्रपुर विमानस्थलबाट झापाको बुधबारेमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा केही समूहबाट होहल्ला तथा ढुङ्गामुढाको प्रयास  भएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

प्रमुख सचेतक गिरीले आफ्नो पार्टी शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने उल्लेख गर्दै यस्ता अवाञ्छित गतिविधिको विरोध गर्ने स्पष्ट पार्नुभयो ।

सोही पार्टीका सांसद बिजुला रायमाझीले काठमाडौँ महानगरपालिका–६ को सरस्वती नगरस्थित आफ्नो व्यवसाय गर्दै आउनुभएकी निरा पाण्डे आचार्यको हत्या भएको सात दिन बितिसक्दा पनि अझै दोषी पत्ता लाग्न नसकेको भन्दै सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले  अहिले निरा पाण्डेको परिवार शोकमग्न अवस्थामा रहेको जनाउँदै घटनाका दोषी  पत्ता लगाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद थापाले सिङ्गो काठमाडौँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा दिएर कुनै ठाउँ विशेष मात्र नभई पूरै काठमाडौँमा सिसी क्यामेरा जडान गर्नुपर्ने सुझाव दिनुभयो । सांसद प्रभु साहले वर्षायामको सुरुआतसँगै आइपर्ने विपद् व्यवस्थापनको सम्बन्धमा सरकारले गरेका पूर्वतयारी बारे सदनलाई जानकारी गराउन  माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण