२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओलीमाथिको आक्रमणमा प्रचण्ड-माधवको पार्टी संलग्न रहेको ओलीको दाबी

२०८०, १४ बैशाख बिहीबार ०८:५०

वैशाख १४, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा आफू र प्रहरी सुरक्षाकर्मीमाथिको भौतिक हमलामा प्रचण्ड-माधवका कार्यकर्ता संलग्न रहेको दाबी गरेका छन् ।

एमाले इलाम जिल्ला अधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठक उद्घाटनका लागि इलाम जाने क्रममा पूर्व प्रधानमन्त्री ओलीलाई आन्दोलनकारीले अवरोध प्रयास गरेका थिए । त्यसक्रममा प्रहरी सुरक्षाकर्मी घाइते भएका छन् ।

अध्यक्ष ओलीले प्रहरीलाई हड्डी भाँच्ने क्रममा पक्राउ परेकाहरुको समर्थनमा माओवादी र नेकपा एसका नेताहरु छुटाउँछौ भन्दै गएको बताए । अध्यक्ष ओलीले एमालेले सहनुको अर्थ कमजोर भएर होइन भन्दै प्रतिकार गर्नु परेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

ओलीले भने– हिजो ढुगामुढा गर्ने ज्यान मार्ने उद्योग गर्नेहरु को हुन् ? प्रदेशको नाम के राख्ने कोशी राख्ने कि सगरमाथा राख्ने ? डिउटीमा खटिएको प्रहरी हवल्दारलाई के मतलब ? जागिर खाएर ड्यूटीमा बसेका मान्छेको टाउको फुटाउने आतंककारी हुन् । अर्को हवल्दारको हड्डी भाँचिएको छ । यो राजनीति हो ? यिनीहरुले हो कोशी प्रदेश बनाएको ? यी मान्छेहरुलाई समाउँदा प्रचण्ड र माकुनेका मान्छे कुदेर पुगेछन् छुटाउँछौ भन्दै ।

अध्यक्ष ओलीले कोशी प्रदेशमा भइरहेका अराजक घटनाहरुमा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखिएको भन्दै आफूहरु सरकारको व्यवहार हेरिरहेको बताए ।

ओलीले भने–यी घटनामा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखियो । हामी सरकारको व्यवहार हेर्छौं । हामी कसैसँग निहु खोज्न जाँदैनौं,झगडा गर्न जाँदैनौं । तर अति भयो भने जवाफी कारवाही गर्नुपर्ने हुन्छ । त्यो अलिकति महँगो पर्न सक्छ । जो प्रहरी भाइहरु घाइते भएर अस्पतालमा भर्ना भएका छन् उनीहरुमाथिको आक्रमणमा प्रचण्ड–माधवका कार्यकर्ता संलग्न छन् ।

अध्यक्ष ओलीले आफूलाई इलाम नजान समेत धम्की आएको भन्दै हिम्मत भए साम्ने पर्न चेतावनी दिए । बैठकमा उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेता सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना