९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

किन गएन एमाले सांसद लक्ष्मी महतो कोइरीको पद ?

१४ बैशाख २०८०, बिहीबार ०९:१५

वैशाख १४, काठमाडौँ | मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले एमालेका सांसद लक्ष्मी महतो कोइरीको सांसद पद किन नगएको भन्दै सभामुखलाई प्रश्न उठाइन् ।  उनले नेपालको संविधान २०७२ को धारा ८९ (घ) मा कुनै पनि सांसद १० वटाभन्दा बढी बैठकमा बिना जानकारी उपस्थित नभएमा निजको सांसद पद रिक्त हुने व्यवस्था रहेको लक्ष्मी महतो कोइरीले सदनलाई जानकारी गराएर अनुपस्थित भएका हुन वा जानकारी नगराई ? यदि जानकारी नगराई बैठकमा नआएको भए कोइरीलाई अहिलेसम्म किन कारबाही गरिएन ? भन्दै सभामुखसँग जानकारी मागेकी थिइन् ।  तर सभामा सभामुखले सदनमा यसबारे जानकारी गराएनन् । 

केही दिनअघि संचारकर्मीसँगको कुराकानीमा सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो र कांग्रेस सांसद टेकबहादुर गुरुङले सूचना गराइरहेको बताएका थिए । 

संविधानको धारा ८९ को (घ) मा सम्बन्धित सदनलाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा सांसद पद जाने व्यवस्था रहेको छ । सांसदले बैठकमा उपस्थित नहुने हो भने सभामुखलाई पूर्व सूचना दिनुपर्ने हुन्छ ।   संसद्मा कुन कुन सांसदले बिना सूचना कति पटक संसद् बैठकमा उपस्थित भएनन् र सूचना दिएर को कतिपटक उपस्थित भएनन् भनेर संसद् अधिवेशनको अन्तिम बैठकमा एकमुष्ट जानकारी गराउने  प्रचलन रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । 

गत पुस ७ गते नवनिर्वाचित सांसदहरूको शपथको क्रममा लक्ष्मी महतो कोइरीले संसद् भवनमा पुगेर शपथ लिएका थिए भने दोस्रो पटक माघ २७ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन र सभामुखको निर्वाचनको दिन पनि उनी संसद् भवनमा पुगेका थिए । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा उनी पक्राउ नपर्नुको कारण तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग मागेपछि उनी फरार रहँदै आएका छन् । 

उनी महोत्तरी क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै महतो निर्वाचित भएका थिए ।  महतोमाथि ७ वर्षअघि मधेस आन्दोलनका क्रममा नेपाल प्रहरीका सई थमन विकको हत्या अभियोग लागेको छ । -रातोपाटी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै