२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारमा गइहाल्ने अवस्था छैन, ४ वर्ष पर्खिन सक्छौं: रवि लामिछाने

२०८०, १४ बैशाख बिहीबार ११:१६

वैशाख १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकारमा नजाने बताएका छन् । चितवन २ बाट विजयी भएपश्चात कामठाडौंमा पहिलोपटक सञ्चारकर्मीसँग प्रस्तुत भएका उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सक्ने आशय प्रकट गरे ।

लामिछानेले सरकारको न्यूनतम कार्यक्रमबाट आफ्नो पार्टीका एजेन्डाहरू हटाइएकोमा असन्तुष्टि जनाएका थिए । कुनै पनि समयमा भएको भ्रष्टाचारको फाइल खोल्ने विषय नीति-कार्यक्रममा हटाइएको भन्दै उनले सरकारलाई समर्थनको औचित्यमै प्रश्न उठेको बताए ।

‘जुन ढंगले न्यूनतम साझा कार्यक्रममा हाम्रा महत्वपूर्ण बुँदा हटाइएको छ, अब हामीले सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने भएको छ । भ्रष्टाचारको फाइल नखोल्ने हो भने त सरकार पनि हट्न बेर लाग्दैन । हामी थप मजबुत भएर आएका छौं ’, लामिछानेले भने ।

उनले आफ्नो पार्टी सरकारमा जाने स्थिति अहिले नरहेको स्पष्ट पारे । उनले थपे, ‘पहिले सरकारमा जाने कारणहरू हामीले बताएका थियौं । अहिले त्यस्तो कारण नै छैन । हावामा टेकेर जाने कुरा आउँदैन । मन्त्री बन्नका लागि मात्रै सरकारमा जाने पनि होइन ।’

त्यसो भए चार वर्ष कुर्ने हो त ? भन्ने प्रश्नमा लामिछानेले जवाफ दिए, ‘यो विकल्प ठीक छ ।’

उनले दोस्रोपटक संसदमा निर्वाचन भएकोमा रोमाञ्चित बनेको बताए । आफूलाई पहिले र अहिलेका दुवै लोगो लगाएर संसद जान मन लागेको उनले बताए ।

‘दुवै लोगो लगाएर जाउँ कि जस्तो भएको छ, तर अहिले हास्यास्पद देखिएला कि ?’ लामिछानेले भने ।

बारामा रास्वपाले राम्रो नतिजा ल्याउन नसकेको विषयमा पनि उनलाई सोधिएको थियो । लामिछानेले मधेशमा आफ्नो पार्टीको उपस्थिति नै कमजोर रहेको स्वीकार गरे । लामिछानेले रमेश खरेलजस्ता व्यक्तिको प्रवेशलाई नै आफूहरूले जितका रूपमा लिएको उल्लेख गरे ।

‘मधेशको राजनीति अन्यत्र फरक छ । यो बुझेर पनि हामीले एउटा प्रयास गरेका थियौं । कम्तीमा हामीले आफ्नो उपस्थिति जनाएका छौं । अब हामीले मधेशमा धेरै काम गर्न बाँकी छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा