१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इम्बोस्ड नम्बरमा प्रदेशको नाम मात्र नेपालीमा राख्नु भनेको विदेशीका सामु झुक्ने चतुर्याइ हो– भीम रावल

१५ बैशाख २०८०, शुक्रबार ०७:१७

वैशाख १५, काठमाडौँ | नेकपा (एमाले)का नेता भिम रावलले सवारी साधनमा राखिने इम्बोस्ड नम्बरमा नाम मात्र नेपालीमा राख्ने सरकारको निर्णय विदेशी सामु झुक्ने चतुर्याइ भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । 

उनले अंक नेपालीमा राख्दा राष्ट्रको विशिष्ट परिचय हुन्थ्यो भन्दै त्यो नगरी प्रदेशको नाम नेपालीमा लेख्ने भन्ने कुरा विदेशीका सामु झुक्ने चतुर्याइ मात्र भएको बताएका हुन् ।

उनले भनेका छन्– सवारी साधनमा सरकारले इम्बोस्ड नम्बर अंग्रेजी र प्रदेशको नाम नेपालीमा राख्ने निर्णय गरेछ। नेपाली अंकले राष्ट्रको विशिष्ट परिचय हुन्थ्यो। अक्षर हिन्दी र नेपालीमा उस्तै हो। प्रदेशको नाम नेपालीमा लेख्ने भन्ने विदेशीका सामु झुक्ने चतु¥याइ मात्र हो। यस्को देशभक्त सबैले विरोध गरौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण