१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा एमालेको चेतावनी– अयोग्य लडाकूका नाममा देश लुट्ने काम भए चुपचाप बस्दैनौं

१५ बैशाख २०८०, शुक्रबार ०८:१०

वैशाख १५, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अयोग्य लडाकूको नाममा राज्यकोषबाट रकम बाँड्न लागिएको प्रति आपत्ति जनाएको छ । यो निर्णय फिर्ता नभए चुप लागेर नबस्ने एमालेको चेतावनी छ ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले प्रमुख सचेतक पदम गिरीले देशको अर्थतन्त्र धरासायी भएको समयमा अयोग्य लडाकूका नाममा पैसा बाँड्ने निर्णय स्वीकार्य नभएको बताए । 

‘अनमिनको प्रमाणीकरणमा हुँदै नभएका लडाकूको नाममा माओवादी नेतृत्वले यसअघि नै ९५ करोड लगेको थियो । त्यसको हिसाबकिताब छैन । महालेखाले प्रश्न उठाएको थियो,’ गिरीले भने, ‘अहिले गरीबले नूनतेल किन्न नसक्ने अवस्थामा राज्य कोषबाट २ लाखका दरले पैसा दिने भन्ने निर्णय गरिएको छ । दिनदहाडै देश लुटिएको छ । यो निर्णय फिर्ता गर्नुपर्छ । हाम्रो यो शदासयतालाई सुन्ने काम भएन भने यसकाविरुद्ध जस्तोसुकै कदम चाल्न बाध्य हुनेछौं ।’

यसअघि बिहीवार मन्त्रिपरिषद् बैठकमार्फत कार्यविधि संशोधन गर्दै सरकारले अयोग्य लडाकूलाई प्रतिव्यक्ति २ लाख दिने निर्णय गरेको समाचार प्रकाशित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण