२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीको जवाफ माग्दै एमाले उपाध्यक्षले भने– ओलीमाथि आक्रमण हुँदा सरकार किन मौन ?

२०८०, १५ बैशाख शुक्रबार ०९:५७

वैशाख १५, काठमाडौँ | ओलीमाथिको आक्रमणमा सरकारमा सहभागी दलका कार्यकर्ताको संलग्नता रहेको जिकिर समेत एमालेले गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गृहमन्त्रीको जवाफले अब नपुग्ने भन्दै संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।

‘आफ्नो निर्वाचन क्षेत्र र गृह जिल्लामा जाने क्रममा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि सांघातिक आक्रमणको प्रयास भएको छ । अस्ति ओलीको सवारी साधनमा आक्रमण गरियो । हिजो इलामको पशुपतिनगरबाट फर्किने क्रममा विद्युतीय तारमा एम्बुस थापेर आक्रमणको कोशिश गरियो । पाँचथर र तेह्रथुममा आक्रमण गरिएको छ,’ पौडेलले भने, ‘तर, हाम्रो देशमा सरकार छ कि छैन ? सरकारले अकर्मण्यता प्रदर्शन गरिरहेको छ र लाचारी तथा कायरता प्रदर्शन गरिरहेको छ ।’


उपाध्यक्ष पौडेलले एउटा राजनीतिक दलको अध्यक्षमाथि भएको आक्रमणबारे सरकार लाचार भएको आरोप लगाए ।

‘संविधानले दिएको अधिकार प्रयोग गर्दा र एक ठाउँबाट अर्को ठाउँमा जाँदा आक्रमणको प्रयास भएको छ । सरकार मौन बसेको छ । आन्दोलनकारीलाई उक्साइरहेको छ । आक्रमणमा सत्ता गठबन्धनका कार्यकर्ता संलग्न रहेको सूचना छ,’ पौडेलले भने, ‘संसद्मा गृहमन्त्रीले जवाफ दिनुहुन्छ, तर आक्रमणका प्रयास रोकिएको छैन । गृहमन्त्रीको मीठो प्रवचन चाहेको होइन, अपराधमा संलग्नलाई अविलम्ब कारवाही गरियोस् र शान्ति सुरक्षाको प्रबन्ध गरियोस् ।’

उपाध्यक्ष पौडेलले देशको शान्ति सुरक्षाको अवस्था नाजुक रहेको भन्दै संसदमा प्रधानमन्त्रीको जवाफ माग गरे ।

‘अब गृहमन्त्रीको जवाफले पुग्दैन, आफ्नो नेतृत्वको सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न सक्छ कि सक्दैन भनेर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा