१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजेन्द्र लिङदेनले भने- राष्ट्रपतिको वैदेशिक उपचार यात्रा सत्ता दुरुपयोगको चरम नमूना

१५ बैशाख २०८०, शुक्रबार १०:२६

वैशाख १५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति रामचन्द्र यादवलाई सरकारी खर्च र सुविधामा विदेश उपचार गर्न लगिएकोप्रति असन्तुष्टि प्रकट गरेका छन् । उनले संसदमा बोल्दै यस कार्यलाई सत्ताको दुरुपयोग संज्ञा दिए ।

लिङ्देनले देशको राजश्वले चालु खर्च समेत धान्न नसकिरहेको अवस्थामा राष्ट्रपतिको उपचार यात्रा अस्वभाविक र महंगो बनेको बताए । साथै, अयोग्य लडाकुलाई रकम बाँड्न खोजिएको विषयमा पनि उनले विरोध जनाए ।

‘निर्माण व्यवसायीलाई ८० अर्ब राज्यले तिर्न सकेको छैन । । राजश्वले चालु खर्च धान्न नसकेको अवस्थ छ । यस्तोमा अस्वभाविक ढंगको राष्ट्रपतिको वैदेशिक उपचार यात्रा र अयोग्य लडाकुलाई रकम वितरणको तयारी सत्ता दुरुपयोगको चरम नमूना हो,’ उनले भने ।

लिङ्देनले अयोग्य लडाकुलाई पैसाको साटो स्वास्थ्य उपचारमा सुविधा, सीप र रोजगारी दिन सरकारलाई सुझाव दिए ।

राज्यले उच्चपदस्थको स्वास्थ्योपचारका विषयमा नीति बनाउनुपर्नेमा उनको जोड थियो । आफूले अहिलेसम्म राज्यबाट कुनै उपचार खर्च नलिएको र भविष्यमा पनि नलिने उनले घोषणा गरे ।

लिङ्देनले भने, ‘म स्वयम् कोभिडका बेला असाध्यै बिरामी भएँ । त्यसबेला अघिल्लो संसदमा थिए । तर एक रुपैयाँ पनि उपचार खर्च राज्यबाट लिइनँ । द्वन्द्वको बेला ठूलो क्षति भोग्ने मान्छेमध्ये म पनि एक हो । तर, पनि मैले क्षतिपूर्ति मागिनँ । आज एउटा जिम्मेवार पार्टीको अध्यक्षको हिसाबले सार्वजनिक प्रतिवद्धता गर्दछु कि भविष्यमा आमनागरिकले भन्दा फरक स्वास्थ्य उपचारको सुविधा सरकारबाट लिने छैन । यहाँको डाक्टरले नेपालको प्रविधि र डाक्टरले सक्दैनन् नभनेसम्म विदेश उपचार यात्रामा जाने छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण