९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बौद्धिक पलायन रोक्न सांसदको माग

१५ बैशाख २०८०, शुक्रबार १०:५७

वैशाख १५, काठमाडौँ | प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा बौद्धिकता पलायन भइरहेको बताउँदै बौद्धिक पलायन रोक्नका लागि सरकारले आवश्यक कार्यक्रम अघि बढाउनपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद माधवप्रसाद सापकोटाले जनआन्दोलनमा लडाकुले गरेको योगदानलाई बिर्सन नहुने बताउँदै अयोग्य लडाकुको विषयमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै पालाको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताउनुभयो । उहाँले संसद्लाई भ्रमित पार्ने गरी यो विषयमा कुरा उठाउन उपयुक्त नभएको स्पष्ट पार्नुभयो ।

सांसद गणेश पराजुलीले गत राति बाजुरामा भूकम्प गएको र आगामी दिनमा थप भूकम्प जान सक्ने विषयमा सरकारको आवश्यक तयारीका बारेमा सजग गराउनुभयो । सांसद राजकिशोर यादवले बजेट निर्माण भइरहेको अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकता राखी आवश्यक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।   

सांसद अब्दुल खानले इदमा दिने गरेको एक दिनको बिदा वर्तमान सरकारले कटौती गरेकोप्रति आपत्ति प्रकट गर्दै मुस्लिम समुदायका लागि एक दिन बिदा दिने विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो ।

सांसद प्रेम सुवालले सरकारले जनगणना २०७८ मा लिम्पियाधुरालाई किन छुट्याएको भनी प्रश्न गर्दै पटक पटक लडाकुका नाममा कार्यकतालाई पैसा बाँड्नु भ्रष्टाचार भएको बताउनुभयो । सांसद प्रभु साहले नेपालमा आठ महिनायता मात्रै आठ अर्बभन्दा बढी पैसा विदेशिएको भन्दै त्यसतर्फ राज्यले ध्यान दिनुपर्ने आग्रह गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले मुलुकमा चरम भ्रष्टाचार बढ्दै गएको हुनाले त्यो रोक्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । शान्तिप्रक्रियाका नाममा यसअघि पनि पार्टीले पैसा लिएको र अहिले पनि दुई लाख लिएर पार्टीले एक–एक लाख लिन खोजेको आरोप लगाउनुभयो ।

सांसद गोकुल बाँस्कोटाले आफ्नो पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको अवाञ्छित गतिविधिप्रति दुःख व्यक्त गर्दै सरकारले शान्तिसुरक्षाको उचित प्रबन्ध गर्न नसकेको टिप्पणी गर्नुभयो ।

सांसद राजु थापाले सिद्धार्थ राजमार्गको रानीघाट पुल तत्काल निर्माण गर्नुपर्ने र त्यसले नेपालको पर्यटकमार्फत आर्थिक अवस्थामाथि उठाउनका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले उक्त राजमार्ग निर्माण गर्ने क्रममा पीडित परिवारलाई राहत प्रदान गर्न आग्रह गर्नुभयो ।

पुष्पबहादुर शाहले माथिल्लो कर्णाली जलविद्युत् भारतको जिएमआर कम्पनीले बनाउने भने पनि हालसम्म निर्माण प्रक्रिया अघि बढ्न नसकेको भन्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला सो जलविद्युत् निर्माण प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै