१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरस्वतीनगर हत्याकाण्डमा सीआईबीले थाल्यो अनुसन्धान, हेडक्वाटरले बनायाे समिति

१५ बैशाख २०८०, शुक्रबार १२:१२

वैशाख १५, काठमाडौँ | एक साताअघि काठमाडौंको सरस्वतीनगरमा दिनदहाडै भएको हत्यामा केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले अनुसन्धान सुरु गरेको छ ।

एक सातासम्म अभियुक्त पक्राउ नपरेपछि सीआईबी प्रवेश गरेको हो। यसअघि काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको थियो ।


महानगरीय प्रहरी कार्यालयले एसएसपीको संयोजकत्वमा छानबिन समिति नै बनाएको थियो । प्रहरी प्रधान कार्यालयले पनि सीआईबी प्रमुख किरण बज्राचार्यकाे संयाेजकत्वमा अनुसन्धान समिति बनाएकाे छ ।  समितिमा सीआईबीमै कार्यरत एसएसपी दिनेश आचार्य, काठमाडाैं प्रहरी परिसर प्रमुख दानबहादुर कार्की, काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख मनाेज केसी पनि रहेका छन् ।

यसअघि वैशाख ७ गते ३५ वर्षीया निरा आचार्य आफ्नै भाँडा पसलको काउन्टरमा घाइते अवस्थामा भेटिएकी थिइन् । अपरान्ह साढे ३ बजे स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । वरीपरि पसल भएपनि हत्यारा घटना गराएर भाग्न सफल भएका थिए ।

अनुसन्धानका क्रममा हत्याराको सीसीटिभी फुटेजबाट तस्बिर आएपनि पहिचान खुल्न सकेको छैन । लामो समय बित्दासम्म पनि हत्यारा पक्राउ पर्न नसकेको भन्दै संसदमा समेत कुरा उठिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण