२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरस्वतीनगर हत्याकाण्डमा सीआईबीले थाल्यो अनुसन्धान, हेडक्वाटरले बनायाे समिति

२०८०, १५ बैशाख शुक्रबार १२:१२

वैशाख १५, काठमाडौँ | एक साताअघि काठमाडौंको सरस्वतीनगरमा दिनदहाडै भएको हत्यामा केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले अनुसन्धान सुरु गरेको छ ।

एक सातासम्म अभियुक्त पक्राउ नपरेपछि सीआईबी प्रवेश गरेको हो। यसअघि काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको थियो ।


महानगरीय प्रहरी कार्यालयले एसएसपीको संयोजकत्वमा छानबिन समिति नै बनाएको थियो । प्रहरी प्रधान कार्यालयले पनि सीआईबी प्रमुख किरण बज्राचार्यकाे संयाेजकत्वमा अनुसन्धान समिति बनाएकाे छ ।  समितिमा सीआईबीमै कार्यरत एसएसपी दिनेश आचार्य, काठमाडाैं प्रहरी परिसर प्रमुख दानबहादुर कार्की, काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख मनाेज केसी पनि रहेका छन् ।

यसअघि वैशाख ७ गते ३५ वर्षीया निरा आचार्य आफ्नै भाँडा पसलको काउन्टरमा घाइते अवस्थामा भेटिएकी थिइन् । अपरान्ह साढे ३ बजे स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । वरीपरि पसल भएपनि हत्यारा घटना गराएर भाग्न सफल भएका थिए ।

अनुसन्धानका क्रममा हत्याराको सीसीटिभी फुटेजबाट तस्बिर आएपनि पहिचान खुल्न सकेको छैन । लामो समय बित्दासम्म पनि हत्यारा पक्राउ पर्न नसकेको भन्दै संसदमा समेत कुरा उठिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा