१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपेन्द्रलाई चाँदीको मुकुट र दुई सय किलोको माला लगाएर सम्मान

१७ बैशाख २०८०, आईतवार ०६:४३

वैशाख १७, जनकपुरधाम | जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले चाँदीको मुकुट लगाएर सम्मान गरेका छन् ।

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि जसपा अध्यक्ष यादवलाई चाँदीको मुकुट र दुई सय किलोको फूलको माला लगाएर सम्मान गरिएको हो ।

जसपाका कार्यकर्ताहरूले अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको तस्बिर सार्वजनिक गरेका छन् । कलैयामा जसपाबाट जितेका जनप्रतिनिधिहरूले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको उल्लेख गरेका छन् ।

अध्यक्ष यादवले चुनाव जितेपछि बारामा हात्तीसहितको जुलुस निकालिएको थियो । हात्तीमा मधेशका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादव चढेका थिए । विजयी जुलुसमा हात्ती सहभागी गराएपछि सामाजिक सञ्जालमा मधेशका मुख्यमन्त्री, मन्त्री र जसपाका नेताहरू राजामहाराजा बन्न खोजेको टिप्पणी भइरहेको बेला अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको तस्बिर सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण