१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारसँग छलफलपछि महावीरले भने- माग पूरा नभएसम्म आन्दोलन रोक्दैनौं

१७ बैशाख २०८०, आईतवार ०८:४७

वैशाख १७, काठमाडौँ | उप्रपधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच रक्षा मन्त्रालयमा प्रारम्भिक छलफल सकारात्मकरूपमा टुंगिएको छ ।

मुख्यसचिव शंकरदाश वैरागीसमेत सहभागी छलफलमा आज बेलुका पाँच बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको पुनले बताए ।

सरकारले चाँडोभन्दा चाँडो आफ्ना मागहरू पूरा गर्नुपर्ने बताउँदै पुनले भने, ‘हेरौं, मागहरू कति चाँडो पूरा हुन्छन् । तर, मागहरु पूरा नभएसम्म आन्दोलन भने रोकिँदैन । भरे बेलुकादेखि वार्ता सुरू हुन्छ ।’

पुन तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् । सरकारले नवप्रवर्तन, अनुसन्धान र आविष्कारलाई महत्व नदिएको भन्दै उनी आन्दोलनमा उत्रिएका हुन् । संघीय सरकार र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत नवप्रवर्तन, अनुसन्धान र आविष्कारका लागि छुट्याउनुपर्ने, उक्त रकम खर्च गर्न छुट्टै खरिद ऐन बनाउनुपर्ने लगायत पुनको माग छ ।

त्यस्तै नवप्रवर्तित सामानहरूलाई लाइसेन्स, दर्ता लगायत प्रक्रियामा विना झन्झट सहज बनाइनुपर्ने र बजारीकरणमा सहयोग गर्नुपर्ने उनको माग छ । पुन लगायत उनका समर्थकहरु तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण