१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूर्वलडाकुलाई दुई लाख त दिनुपर्छ, किस्ता-किस्तामा दिने सोचेको छु : प्रधानमन्त्री प्रचण्ड

१८ बैशाख २०८०, सोमबार ०७:०७

वैशाख १८, काठमाडौँ | माओवादी जनयुद्धका अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्ने विवादित निर्णयबाट सरकार पछि नहट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चरणबद्धरुपमा भए पनि पूर्वलडाकुलाई पैसा बाँडिने बताए ।

आज चितवन पुगेर एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सरकारको निर्णयको बचाउ गरेका हुन् । प्रचण्डले २०७१ सालमै भएको आफ्नो सरकारले कार्यान्वयन गर्न खोजेको उल्लेख गरे ।

‘यही सरकारले पैसा बाँड्ने निर्णय गर्न खोजेको जसरी प्रचार गरिया छ, तर वास्तविकता त्यसो होइन,’ उनले भने, ‘७१ सालको सरकारले, सायद त्यतिबेला विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्तिमन्त्री हुनुहुन्थ्यो, उहाँहरूले गरेको निर्णय अहिले कार्यान्वयन गर्न लागिएको मात्र हो ।’

प्रचण्डका अनुसार त्यसबेला सरकारको निर्णय अदालतको आदेशका कारण कार्यान्वयन हुन सकेको थिएन । तर, केही समयअगाडि मात्रै अदालतले यो पैसा बाँड्नुपर्ने फैसला गरेको उनले बताए ।

‘अदालतले पनि दिनुपर्छ भनेपछि हामीले प्रक्रिया अगाडि बढाएका हौँ । त्यसबेला अहिलेका अर्थमन्त्री पनि हुनुहुन्थेन । उहाँले मलाई थाहा छैन भन्नुभएछ । मैले यसो यसो हो भनेपछि अहिले कुरा बुझ्नुभएको छ,’ प्रचण्डले भने । पूर्वलडाकुलाई एकमुष्ट नभएर किस्ता किस्तामा रकम दिने आफ्नो सोच रहेको उनले उल्लेख गरे ।

‘यही दुई लाखका कारण अर्थतन्त्र संकटमा पर्न लाग्याजस्तो गरी प्रचार गरिया छ । यस्तो होइन । मैले चाहिँ चरणबद्ध रूपमा किस्तामा दिनुपर्छ भन्ने सोचिरहेको छु । तर, दिनु त पर्छ जसरी पनि ।’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण