२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूर्वलडाकुलाई दुई लाख त दिनुपर्छ, किस्ता-किस्तामा दिने सोचेको छु : प्रधानमन्त्री प्रचण्ड

२०८०, १८ बैशाख सोमबार ०७:०७

वैशाख १८, काठमाडौँ | माओवादी जनयुद्धका अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्ने विवादित निर्णयबाट सरकार पछि नहट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चरणबद्धरुपमा भए पनि पूर्वलडाकुलाई पैसा बाँडिने बताए ।

आज चितवन पुगेर एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सरकारको निर्णयको बचाउ गरेका हुन् । प्रचण्डले २०७१ सालमै भएको आफ्नो सरकारले कार्यान्वयन गर्न खोजेको उल्लेख गरे ।

‘यही सरकारले पैसा बाँड्ने निर्णय गर्न खोजेको जसरी प्रचार गरिया छ, तर वास्तविकता त्यसो होइन,’ उनले भने, ‘७१ सालको सरकारले, सायद त्यतिबेला विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्तिमन्त्री हुनुहुन्थ्यो, उहाँहरूले गरेको निर्णय अहिले कार्यान्वयन गर्न लागिएको मात्र हो ।’

प्रचण्डका अनुसार त्यसबेला सरकारको निर्णय अदालतको आदेशका कारण कार्यान्वयन हुन सकेको थिएन । तर, केही समयअगाडि मात्रै अदालतले यो पैसा बाँड्नुपर्ने फैसला गरेको उनले बताए ।

‘अदालतले पनि दिनुपर्छ भनेपछि हामीले प्रक्रिया अगाडि बढाएका हौँ । त्यसबेला अहिलेका अर्थमन्त्री पनि हुनुहुन्थेन । उहाँले मलाई थाहा छैन भन्नुभएछ । मैले यसो यसो हो भनेपछि अहिले कुरा बुझ्नुभएको छ,’ प्रचण्डले भने । पूर्वलडाकुलाई एकमुष्ट नभएर किस्ता किस्तामा रकम दिने आफ्नो सोच रहेको उनले उल्लेख गरे ।

‘यही दुई लाखका कारण अर्थतन्त्र संकटमा पर्न लाग्याजस्तो गरी प्रचार गरिया छ । यस्तो होइन । मैले चाहिँ चरणबद्ध रूपमा किस्तामा दिनुपर्छ भन्ने सोचिरहेको छु । तर, दिनु त पर्छ जसरी पनि ।’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना