१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपनिर्वाचनपछि ज्ञानेन्द्र शाहमाथि खनिदै आएका केपी ओली आज बालेन शाहमाथि पनि खनिए

१८ बैशाख २०८०, सोमबार ११:१२

वैशाख १८, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र शाह)को आलोचना गरेका छन् । उपनिर्वाचनपछि गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहको आलोचना गदै आएका उनले सोमबारको कार्यक्रममा बालेन शाहको आलोचना गरे । 

मे डे (अन्तर्राष्ट्रिय श्रमिक दिवस)को अवसरमा आफ्नो मजदुर संगठनले गरेको कार्यक्रममा ओलीले राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरीहता मात्रै प्रकट गरिरहेको बताए । यही गएको वैशाख १० को उपनिर्वाचनमा आफ्नो पार्टीको लज्जास्पद पराजय र झापामा मेची नामाकरण विरोधीहरुले ढुंगामुढा गरेपछि ओलीले राजा ज्ञानेन्द्रविरुद्ध कटु आलोचना गर्दै आएका छन् । 

सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको उनको तर्क छ । ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नभई शहरी विकास मन्त्रालयले उठाउने हो भन्ने तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको बताए । 

शहरी विकास मन्त्रालयले सिंहदरवारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै उनले सरकार र ठेकदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण