२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपनिर्वाचनपछि ज्ञानेन्द्र शाहमाथि खनिदै आएका केपी ओली आज बालेन शाहमाथि पनि खनिए

२०८०, १८ बैशाख सोमबार ११:१२

वैशाख १८, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र शाह)को आलोचना गरेका छन् । उपनिर्वाचनपछि गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहको आलोचना गदै आएका उनले सोमबारको कार्यक्रममा बालेन शाहको आलोचना गरे । 

मे डे (अन्तर्राष्ट्रिय श्रमिक दिवस)को अवसरमा आफ्नो मजदुर संगठनले गरेको कार्यक्रममा ओलीले राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरीहता मात्रै प्रकट गरिरहेको बताए । यही गएको वैशाख १० को उपनिर्वाचनमा आफ्नो पार्टीको लज्जास्पद पराजय र झापामा मेची नामाकरण विरोधीहरुले ढुंगामुढा गरेपछि ओलीले राजा ज्ञानेन्द्रविरुद्ध कटु आलोचना गर्दै आएका छन् । 

सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको उनको तर्क छ । ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नभई शहरी विकास मन्त्रालयले उठाउने हो भन्ने तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको बताए । 

शहरी विकास मन्त्रालयले सिंहदरवारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै उनले सरकार र ठेकदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना