१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वीरगन्जमा केपी ओलीको पुत्ला दहन

१८ बैशाख २०८०, सोमबार ११:२५

वैशाख १८, काठमाडौँ | वीरगन्जमा राजवादीहरूले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गर्दै प्रदर्शन पनि गरेका छन्। 

वीरगन्जको घण्टाघर चोकमा सोमबार दिउँसो राजवादीहरूले ओलीको पुत्ला दहन गर्दै उनी विरुद्ध नाराबाजी पनि गरेका हुन्। 


ओलीले राजसंस्था र पूर्व राजपरिवारका सदस्य प्रति अपशब्द प्रयोग गरी सार्वजनिक अभिव्यक्ति दिएकाले यसले राजसंस्था प्रति अपमान र दुर्व्यवहार भएको भन्दै नेपाल राष्ट्रवाद संघको अगुवाइमा राजवादीहरूले ओलीको पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन्। 

पूर्वका जिल्लामा भएको कार्यक्रममा गएका बेला आफूमाथि आक्रमणको प्रयास भएपछि एमाले अध्यक्ष ओलीले आइतबार एक सार्वजनिक कार्यक्रममा उक्त आक्रमणमा पूर्व राजसंस्था र राजपरिवारका व्यक्तिहरूको संलग्नता रहेको अभिव्यक्ति दिएका थिए। 

त्यही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै वीरगन्जमा सोमबार ओलीको पुत्ला जलाएर प्रदर्शन गरिएको नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले बताए। 

प्रदर्शनका क्रममा राजवादीहरूले ओली विरुद्ध नाराबाजी गर्दै राजसंस्था माथि औँला देखाउनेको औँला नै काटिदिने चेतावनी दिएका थिए। 

प्रदर्शनमा संघका अध्यक्ष साहसँगै संघका पृथ्वी झा, शम्भु चौरसिया, उमाशंकर प्रसाद, राजेश प्रसाद चौहान, राजेन्द्र पाल, वीरेन्द्र थापा लगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण