२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारमा जाँदाका फाइदा र बेफाइदाबारे रवि लामिछाने र सीके राउतबीच छलफल?

२०८०, १९ बैशाख मंगलवार ०७:३८

बैशाख १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । मंगलवार बिहान काठमाडौँमा उनीहरूबीच भेटवार्ता भएको हो । 

रास्वपाले पार्टीले सभापति र अध्यक्षबीच भेटवार्ता भएको भन्दै राजनीतिमा उदाएका नयाँ शक्तिबीच हार्दिक र स्वच्छ प्रतिस्पर्धा आवश्यक भएको जनाएको छ । ‘नयाँ शक्तिहरू बीचको सौहार्दता : नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो’ रास्वपाले सामाजिक सञ्जालमा लेखेको छ, ‘आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष माननीय सिके राउतबीच भेटवार्ता भएको छ ।’

लामिछाने र राउतको पार्टीले ४ मंसिरको निर्वाचनमा पहिलोचोटी भाग लिएका हुन् । पहिलो प्रयासमै रास्वपाले २० र जनमतले ६ सिट जितेका थिए । दुवै दल सरकार जनमतका अध्यक्ष सिके रातउले प्रतिस्पर्धाबीच नयाँ दल कसरी अगाडि बढ्ने, नगारिकका सरोकारलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

‘हामी दुवै नयाँ आएका दल हौं । अब कसरी अगाडि बढ्ने भन्नेमा छलफल शुरू भएको छ’ राउतले भने, ‘भेटमा सरकारमा जाँदाका फाइदा र बेफाइदाबारे पनि कुरा भयो । सरकारमा जाँदा नागरिकलाई कसरी डेलिभरी दिन सकिन्छ भन्ने विषयमा पनि हामीबीच संवाद भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो