२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालीको प्रतिव्यक्ति आय एक वर्षदेखि उस्तै

२०८०, १९ बैशाख मंगलवार ०९:३५

बैशाख १९, काठमाडौँ | नेपालीको प्रतिव्यक्ति आय एक वर्षदेखि नबढेको पाइएको छ ।

यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ३ सय ९९ डलर अर्थात् १ लाख ८२ हजार ६ सय ८३ नै रहने भएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा चालू आर्थिक वर्ष (२०७९/८०) मा उक्त अनुमान गरिएको हो । गत वर्ष पनि यही रकम थियो । त्यसभन्दा अघिल्लो वर्ष भने १२७७ अमेरीकी डलर थियो ।

यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ लाख ८४ हजार १ सय ४० रूपैयाँ अर्थात १४१० अमेरिकी डलर पुग्ने अनुमान छ । यो वर्ष १२ खर्ब ३१ अर्ब ७३ करोड रूपैयाँ रेमिट्यान्स भित्रिने अनुमान तथ्यांक कार्यालयको छ । योसँगै कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान २२.८९ प्रतिशत रहने अनुमान छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आठ महिनामा ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिसकेको छ । यो वर्ष वस्तु तथा सेवा आयात १९ खर्ब ६४ अरब ३३ करोड रुपैयाँ पुग्ने अनुमान छ । यो भनेको कुल गार्हस्थ उत्पादनको ३६.५ प्रतिशत हो ।

भन्सार विभागको तथ्यांकअनुसार ९ महिनामा १२ खर्बभन्दा बढीको वस्तु तथा सेवा आयात भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो