१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालीको प्रतिव्यक्ति आय एक वर्षदेखि उस्तै

१९ बैशाख २०८०, मंगलवार ०९:३५

बैशाख १९, काठमाडौँ | नेपालीको प्रतिव्यक्ति आय एक वर्षदेखि नबढेको पाइएको छ ।

यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ३ सय ९९ डलर अर्थात् १ लाख ८२ हजार ६ सय ८३ नै रहने भएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा चालू आर्थिक वर्ष (२०७९/८०) मा उक्त अनुमान गरिएको हो । गत वर्ष पनि यही रकम थियो । त्यसभन्दा अघिल्लो वर्ष भने १२७७ अमेरीकी डलर थियो ।

यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ लाख ८४ हजार १ सय ४० रूपैयाँ अर्थात १४१० अमेरिकी डलर पुग्ने अनुमान छ । यो वर्ष १२ खर्ब ३१ अर्ब ७३ करोड रूपैयाँ रेमिट्यान्स भित्रिने अनुमान तथ्यांक कार्यालयको छ । योसँगै कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान २२.८९ प्रतिशत रहने अनुमान छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आठ महिनामा ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिसकेको छ । यो वर्ष वस्तु तथा सेवा आयात १९ खर्ब ६४ अरब ३३ करोड रुपैयाँ पुग्ने अनुमान छ । यो भनेको कुल गार्हस्थ उत्पादनको ३६.५ प्रतिशत हो ।

भन्सार विभागको तथ्यांकअनुसार ९ महिनामा १२ खर्बभन्दा बढीको वस्तु तथा सेवा आयात भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण