२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधव नेपालको गुनासो- हाम्रो पार्टीलाई बाइपास गरिँदैछ, गठबन्धन धरापमा पर्नसक्छ

२०८०, २० बैशाख बुधबार ०५:१५

बैशाख २०, काठमाडौँ | सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूले गरेको योगदान नबिर्सिन चेतावनीसमेत दिए ।

कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै नेपालले भने, ‘कर्णालीमा माओवादीको दम्भ र घमन्डले हाम्रा साथीहरू दु:खी हुनुहुन्छ ‌ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ ।’

प्रचण्ड ओलीको शरणमा गएपनि त्यहाँ टिक्न नसकेर चुनावी गठबन्धनमै फर्किएको तर गठबन्धनको स्प्रिटअनुसार काम गर्न नसकिरहेको उनको टिप्पणी थियो ।

देश र जनताको पक्षमा रहेर काम गरुन् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले सीमित साधन स्रोतको अधिकतम प्रयोग गर्न सुझाए ।

अध्यक्ष नेपालले आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको दुरुपयोग नगरेको जिकिरसमेत गरे ।

‘म नै नेतृत्वमा हुँदा गेम चेन्जर आयाेजना ल्याएको थिएँ ‌। विश्वविद्यालयहरूको सुरूवात त्यही बेलादेखि भएको हो ‌। अप्ठ्यारो बेलामा र पार्टीभित्रबाट चुनौती आउँदा पनि निकै काम गरेको हो, तर यी कुराहरूको चर्चा हुँदैन । विरोधका नाममा विरोधमात्र गरिएको छ ।’

७४ मा दुईतिहाइ बहुमत आउँदा पनि त्यसको कदर नभएको भन्दै उनले भने, ‘त्यसमा एउटा चरम दुरुपयोग गरेर चल्नुपर्ने पक्षमा र अर्को त्यसको विरोधमा उभिएको थियो । तर, ओलीले पचाएनन र संसद विघटन गरेर नेपालको राजनीति दुर्घटनामा गयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना