२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पञ्चायतकालको प्रशंसा गर्दै पूर्वराजाले भने–६४ वर्षपूर्वको चेतनाको खाँचो झल्कियो

२०८०, २० बैशाख बुधबार ११:४०

बैशाख २०, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेका छन् । नेपालगन्जमा बुधवार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाम्रो प्रकृति, श्रमशक्ति र बुद्धि गरिब नभए पनि गरिबी भने नियति बनेको बताए ।

उनले दुई छाक खान र एक धरो लगाउन धेरैलाई धौधौ परिरहेको बताए । ‘हाम्रा विकसित सहरहरू, गाउँहरू आज उजाड छन् । हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधि आज निस्प्रभावी बनेका छन्– त्यसैले त हाम्रो होनहार जनशक्ति बेरोजगारीका कारण बिदेसिन बाध्य छन् ।’

उनले पुरुष, महिला, जाँगरिलो युवा, अनुभवी बुढाबुढी सबै जुट्नु पर्ने खाँचो औँल्याउँदै भनेका छन्, ‘अब म भन्छु – अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ ।’

पूर्वराजा शाहले विक्रम सम्बतको २०१० को दशकदेखि ४० को दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविष्य सुधारका धेरै निर्माण संरचना तथा विधि प्रक्रियाका कामहरू भएको पनि उल्लेख गरेका छन् ।

‘महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा सहरी विकास – शिक्षा तथा स्वास्थ्य केन्द्रको स्थापना, मुलुकी ऐन, भूमि सुधार, ग्रामीण उत्थान, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कार्यकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि हुन्,’ उनले भनेका छन्, ‘सबैसँग मित्रता, सबैसँग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्त राष्ट्रसंघको सदस्यतादेखि लिएर असंलग्न आन्दोलनको सक्रिय भूमिका र शान्ति क्षेत्रको घोषणासम्म पनि यसै अवधिमा भएको हो ।’

तर पछि ती पूर्वाधार र औद्योगिक आधारले निश्चित आकार लिन नसकेको उनको भनाइ छ । ‘भए गरेका संरचना भत्काउँदै जाने, रूपान्तरणका नाममा विकार खडा गर्ने र परनिर्भतातिर बेतोडले दौडने काम नै अहिले चलिरहेछ । त्यसैले ६४ वर्ष पूर्वको चेतनाको त्यो झिल्को कताकता अहिलेको खाँचो झै झल्किरहेको छ ।’

उल्लेखनीय छ, पूर्वराजा ज्ञानेन्द्रले विकासका लहरका रुपमा व्याख्या गरेको उक्त समयको अधिकांश हिस्सा पञ्चायतकालको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो