१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टोपबहादुर पक्राउपछि एमाले प्रमुख सचेतक गिरीले भने– दोषीमाथि कारबाही हुनुपर्छ

२० बैशाख २०८०, बुधबार ११:४६

बैशाख २०, काठमाडौँ | नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभा सदस्य समेत रहेका एमाले केन्द्रीय कमिटी सचिव टोपबहादुर रायमाझीलाई कुन प्रमाणका आधारमा पक्राउ पुर्जी जारी गरेको हो भन्ने प्रस्ट नभएको प्रतिक्रिया दिएका छन् । प्रमुख सचेतक गिरीले गलत काम गरेको छ भने जोसुकै भए पनि अनुसन्धान र कारबाहीको दायरामा आउनुपर्ने धारणा राखे ।

‘जुनसुकै वा जोसुकै व्यक्तिले पनि गलत काम गर्छ भने त्यो अनुसन्धानको दायरामा आउनुपर्छ र कारबाही हुनुपर्छ’, गिरीले भने, ‘यसमा दुईमत छैन । विधिको शासन लागू हुनुपर्छ भन्ने पक्षमा हामी दृढताका साथ रहन्छौ तर यस विषयमा पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्था हो होइन त्यसबारे दललाई पनि जानकारी भइसकेको नभएकाले यस विषयमा थप भन्ने कुरा रहेन ।’ गिरीले पक्राउ पुर्जी कुन प्रमाण र कुन प्रयोजनका लागि जारी भएको भन्ने पनि प्रस्ट भैनसकेकाले थप प्रतिक्रिया दिन आवश्यक नभएको बताए ।

‘उहाँ (टोपबहादुर रायमाझी) लाई बोलाएर नआएपछि पक्राउ पुर्जी जारी गरिएको हो वा त्यसै हो भन्ने पनि खुलेको छैन । साथै पुर्जी जारी गर्नुपर्ने तथ्य र आधारहरू के छन् ? ती सबै कुरा हामीलाई जानकारी भैसकेको अवस्था होइन’, गिरीले भने, ‘र यो फेरि अदालतले पक्राउ पुर्जी जारी गरेको अनुसन्धानका लागि मात्रै होला भन्ने मलाई लागेको छ । त्यसकारण प्रहरीले के तथ्य र प्रमाणका आधारमा गरेको हो यो सवै बुझेपछि हामी आफ्नो धारणा राखौला ।’

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लागि दिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध बुधवार पक्राउ पुर्जी जारी भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण