२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टोपबहादुर पक्राउपछि एमाले प्रमुख सचेतक गिरीले भने– दोषीमाथि कारबाही हुनुपर्छ

२०८०, २० बैशाख बुधबार ११:४६

बैशाख २०, काठमाडौँ | नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभा सदस्य समेत रहेका एमाले केन्द्रीय कमिटी सचिव टोपबहादुर रायमाझीलाई कुन प्रमाणका आधारमा पक्राउ पुर्जी जारी गरेको हो भन्ने प्रस्ट नभएको प्रतिक्रिया दिएका छन् । प्रमुख सचेतक गिरीले गलत काम गरेको छ भने जोसुकै भए पनि अनुसन्धान र कारबाहीको दायरामा आउनुपर्ने धारणा राखे ।

‘जुनसुकै वा जोसुकै व्यक्तिले पनि गलत काम गर्छ भने त्यो अनुसन्धानको दायरामा आउनुपर्छ र कारबाही हुनुपर्छ’, गिरीले भने, ‘यसमा दुईमत छैन । विधिको शासन लागू हुनुपर्छ भन्ने पक्षमा हामी दृढताका साथ रहन्छौ तर यस विषयमा पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्था हो होइन त्यसबारे दललाई पनि जानकारी भइसकेको नभएकाले यस विषयमा थप भन्ने कुरा रहेन ।’ गिरीले पक्राउ पुर्जी कुन प्रमाण र कुन प्रयोजनका लागि जारी भएको भन्ने पनि प्रस्ट भैनसकेकाले थप प्रतिक्रिया दिन आवश्यक नभएको बताए ।

‘उहाँ (टोपबहादुर रायमाझी) लाई बोलाएर नआएपछि पक्राउ पुर्जी जारी गरिएको हो वा त्यसै हो भन्ने पनि खुलेको छैन । साथै पुर्जी जारी गर्नुपर्ने तथ्य र आधारहरू के छन् ? ती सबै कुरा हामीलाई जानकारी भैसकेको अवस्था होइन’, गिरीले भने, ‘र यो फेरि अदालतले पक्राउ पुर्जी जारी गरेको अनुसन्धानका लागि मात्रै होला भन्ने मलाई लागेको छ । त्यसकारण प्रहरीले के तथ्य र प्रमाणका आधारमा गरेको हो यो सवै बुझेपछि हामी आफ्नो धारणा राखौला ।’

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लागि दिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध बुधवार पक्राउ पुर्जी जारी भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा