२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जब आफ्नै कार्यकक्षमा बस्न पाएनन् कृषि मन्त्री भुसाल…

२०८०, २१ बैशाख बिहीबार ११:४१

बैशाख २१, काठमाडौँ | कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल आज आफ्नै कार्यकक्षमा बस्न पाएनन् । नेपाल कृषि अनुसन्धान परिषद्का अध्यक्षसमेत रहेका मन्त्री भुसाल आज बिहान साढे १० बजे नै खुमलटारस्थित नार्कको कार्यालय पुगेका थिए । तर त्यहाँ रहेको उनको कार्यकक्षमा ताल्चा लागेको थियो । 

कार्यालयमा ताल्चा खोल्ने कर्मचारी पनि थिएनन् । उनी केही बेर त्यहाँ अलमलमा परे । त्यहाँ कसैलाई नदेखेपछि केन्द्रीय कार्यालयको अनुगमन गरे । साढे १० बजेसम्म कोही कर्मचारी आइपुगेका थिएनन् । सबैको कार्यकक्षमा ताल्चा लागेको थियो । 

आफ्ना सुरक्षा गार्डलाई लिएर कार्यालय प्रमुख, अन्य शाखा प्रमुखको कार्यकक्षको अनुगमन गर्दा नार्कका एक जना निर्देशक डा. ध्रुवराज भट्टराई मात्र आफ्नो कार्यकक्षमा थिए । मन्त्री भुसालले निर्देशक भट्टराईलाई लिएर अन्य कार्यालय प्रमुखको कार्यकक्ष अनुगमन गरेका थिए तर सबैको कार्यकक्षमा ताल्चा लागेको थियो । 

त्यसपछि निर्देशक भट्टराईले मन्त्री भुसाललाई लिएर राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा लिएर गएका थिए । त्यहाँ निर्देशक भट्टराईको अगुवाइमा कार्यक्रम हुने तय थियो । सोही कार्यक्रम मन्त्री सहभागी भए । 

राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा.टीकाबहादुर कार्कीले आफ्नो कार्यक्रमको बारेमा मन्त्री भुसाललाई ब्रिफिङ गरेका थिए । ‘कार्यक्रम नभएको भए त्यहाँ पनि कोही हुने थिएनन् । संयोगले कार्यक्रम थियो र हामी त्यहाँ उपस्थित थियौँ’, एक कर्मचारीले भने, ‘यसरी मन्त्री छड्के अनुगमनमा आउनु हुन्छ भने हामीलाई जानकारी नै भएन ।’

कार्यक्रमपछि निर्देशक भट्टराईले मन्त्री भुसाललाई राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक)को कार्यालयमा पनि लगे । त्यहाँका प्रमुख बालकृष्ण जोशी भने आफ्नै कार्यकक्षमा भेटिए । मन्त्री सो कार्यालयको अनुगमन गरेर सिंहदरवार फर्केका थिए ।

नार्कको प्रवक्तासमेत रहेका राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख युवराज भुसालले मन्त्री बेदुराम भुसाल आउँदा आफूले थाहा नपाएको बताए । 

उनले भने, ‘मन्त्रीजी आउँदा म आफ्नो कार्यकक्षमै थिएँ तर उहाँ निस्किन लाग्दा मात्र थाहा पाएको हुँ, उहाँको कार्यकक्षको ताल्चाको चाबी हामीसँग हुँदैन, केन्द्रीय कार्यालयमै हुन्छ ।’ 

‘विहान आफिस आउने बेलामा मन्त्री भुसाल आएका कारण कर्मचारीहरू कार्यालयमा नभेटिएको हुन् । कोही आउँदै थिए, कोही आइसकेका थिए’, उनले भने, ‘मन्त्री भुसाल आफ्नो कार्यकक्षमा आउने थाहा पाएको भए कार्यकक्ष खोलेर राख्ने थियौँ  । तर जानकारी नै पाइएन ।’ 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो