१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महन्थ ठाकुरले श्रीमतीको नाममा भारतीय दूतावासबाट लिए ग्यास चुल्हो र सिलिन्डर

२२ बैशाख २०८०, शुक्रबार ०७:११

बैशाख २२, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले श्रीमती सुशीला ठाकुरको नाममा सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसन गठन गरी नेपालस्थित भारतीय दूतावासबाट ग्यास चुल्हो र सिलिन्डर लिएर आफ्नो चुनावी क्षेत्र महोत्तरीमा वितरण गर्ने भएका छन् ।

हिजो एक कार्यक्रमको आयोजना गरी भारतीय दूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेशनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो फाउन्डेसनका अध्यक्ष महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुर रहेकी छिन् । सम्झौता पत्रका फाउन्डेसनको तर्फबाट मिनाक्षी ठाकुरले हस्ताक्षर गरेकी छिन् ।

सम्झौता अनुसार दूतावासबाट प्राप्त ग्यास चुल्हो र सिलिण्डर महोत्तरी जिल्लाको पाँच वटा नगरपालिकाका झन्डै आठ हजार विपन्न तथा सीमान्तकृत परिवारलाई वितरण गर्नेछ । दाउरा, कोइला, गुँइठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण भेगका घरपरिवारलाई एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धन उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख रहेको स्रोतले जनाएको छ । भारत सरकारले अघि सारेको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो कार्यक्रम प्रेरित रहेको छ ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको पाँच करोड रुपियाँ अनुदान सहयोगमा महोत्तरी जिल्लामा एलपी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण हुने भारतीय दूतावासले जनाएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहु क्षेत्रीय सहकार्य रहेको दाबी गर्दै भारतीय दूतावासले यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पुर्याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको दाबी गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण