२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा उपसभापति अर्याल भन्छन् : रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको छैन

२०८०, २२ बैशाख शुक्रबार ०८:३१

बैशाख २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डिपी अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुरानो मन्त्रालय दिन तयार रहेको बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री पनि सरकारबाट फिर्ता भएका थिए ।

रवि लामिछानेले फेरि चुनाव जितेर आएपछि प्रचण्ड रास्वपालाई पुरानो मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न तयार भएको अर्यालले दाबी गरे ।

उनले पार्टी भित्र सरकारमा जाने र नजाने भन्ने दुवै प्रकारका मत रहेकाले केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक बसेर टुंगो लगाउने उनले बताए । अर्यालले भने, ‘सर्वसम्मत निर्णय हुन नसके बहुमतका आधारमा निर्णय लिन्छौ ।’

उनले सभापति लामिछानेलाई प्रधानमन्त्री बन्नका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको भन्दै सञ्चार माध्यममा आएका समाचारमा कुनै सत्यता नरहेको पनि बताए । अर्यालले भने, ‘त्यस्तो प्रस्ताव आएको छैन । मैले यस्तो प्रस्ताव आएको  र भनी सभापतिलाई सोधे । उहाँले होइन भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा