२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आरजु, मञ्जु र बालकृष्णमाथि कारबाही हुनुपर्छ : महेश बस्नेत

२०८०, २४ बैशाख आईतवार ०५:२८

बैशाख २४, काठमाडौँ | नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेसका प्रभावशाली नेताहरुमाथि कारबाही हुनुपर्ने बताएका छन् । आइतबार पोखरामा प्रेस चौतारी नेपालको प्रेस मिट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका बस्नेतले यो प्रकरणमा मुछिएका कांग्रेस नेताहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

‘ पूर्व गृहमन्त्री बालकृष्ण खाणदेखि पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापत्नि आरजु राणा समेतलाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने हो’, बस्नेतले भने, ‘टोपबहादुर रायमाझीको सवाल जेछ उहाँ कानुनी प्रक्रियाबाट बाहिर जानुहुन्न ।’

बस्नेतले रायमाझीले यो प्रकरणमा राज्यलाई सहजीकरण गर्ने काममा भूमिका खेल्ने भन्दै भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भनेर एमालेले भन्दै आएको बताए । उनले सरकारले ठुला माछा जोगाएर भुरा माछा समात्ने प्रयत्न गरिरहेकाले निष्पक्ष छानबिन हुनेमा आशङ्का बढेको बताए ।

 ‘सबै ठुला माछा समाउनुपर्छ । ह्वेल माछा जोगाएर भुरा माछा समात्ने काम गर्नुहुँदैन’, बस्नेतको भनाइ छ । 

उनले नक्कली भुटानीलाई अमेरिका पठाउने फाइल खोलिएकामा सरकारलाई धन्यवाद पनि दिए । तर छानबिनमा राजनीतिक प्रतिशोध साधिएको हो कि भन्ने प्रश्न उठेको बताए । नेता बस्नेतले पूर्व प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले साढे २ करोड र पूर्व गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाणले ६ करोड रुपैयाँ लिएको अडियो आफूहरूले सार्वजनिक गरेको बताए ।

‘हामीले एउटा अडियो पाएका छौ र हिजो त्यो सार्वजनिक पनि गरेका छौ । त्यसमा आरजु भाउजूलाई साढे २ करोड र पूर्व गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाणलाई ६ करोड रुपैयाँ दिएको भनिएको छ’, बस्नेतको भनाइ छ । नेता बस्नेतले बालकृष्ण खाण गृहमन्त्री हुँदा भुटानी शरणार्थी प्रकरणमा लेनदेन भएको अडियोबाट खुलेको समेत दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो