१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आरजु, मञ्जु र बालकृष्णमाथि कारबाही हुनुपर्छ : महेश बस्नेत

२४ बैशाख २०८०, आईतवार ०५:२८

बैशाख २४, काठमाडौँ | नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेसका प्रभावशाली नेताहरुमाथि कारबाही हुनुपर्ने बताएका छन् । आइतबार पोखरामा प्रेस चौतारी नेपालको प्रेस मिट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका बस्नेतले यो प्रकरणमा मुछिएका कांग्रेस नेताहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

‘ पूर्व गृहमन्त्री बालकृष्ण खाणदेखि पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापत्नि आरजु राणा समेतलाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने हो’, बस्नेतले भने, ‘टोपबहादुर रायमाझीको सवाल जेछ उहाँ कानुनी प्रक्रियाबाट बाहिर जानुहुन्न ।’

बस्नेतले रायमाझीले यो प्रकरणमा राज्यलाई सहजीकरण गर्ने काममा भूमिका खेल्ने भन्दै भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भनेर एमालेले भन्दै आएको बताए । उनले सरकारले ठुला माछा जोगाएर भुरा माछा समात्ने प्रयत्न गरिरहेकाले निष्पक्ष छानबिन हुनेमा आशङ्का बढेको बताए ।

 ‘सबै ठुला माछा समाउनुपर्छ । ह्वेल माछा जोगाएर भुरा माछा समात्ने काम गर्नुहुँदैन’, बस्नेतको भनाइ छ । 

उनले नक्कली भुटानीलाई अमेरिका पठाउने फाइल खोलिएकामा सरकारलाई धन्यवाद पनि दिए । तर छानबिनमा राजनीतिक प्रतिशोध साधिएको हो कि भन्ने प्रश्न उठेको बताए । नेता बस्नेतले पूर्व प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले साढे २ करोड र पूर्व गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाणले ६ करोड रुपैयाँ लिएको अडियो आफूहरूले सार्वजनिक गरेको बताए ।

‘हामीले एउटा अडियो पाएका छौ र हिजो त्यो सार्वजनिक पनि गरेका छौ । त्यसमा आरजु भाउजूलाई साढे २ करोड र पूर्व गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाणलाई ६ करोड रुपैयाँ दिएको भनिएको छ’, बस्नेतको भनाइ छ । नेता बस्नेतले बालकृष्ण खाण गृहमन्त्री हुँदा भुटानी शरणार्थी प्रकरणमा लेनदेन भएको अडियोबाट खुलेको समेत दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण