वैशाख २४, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदीय दलको बैठक बसिरहेको छ ।
संसद् भवनको ल्होत्से हलमा बैठक बसिरहेको सचेतक महेश बर्तौँलाले जानकारी दिए ।
आजबाट सुरू हुने संसद्को बजेट अधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको हो । सदनमा पार्टीको रणनीतिबारे संसदीय दलका नेता केपी ओलीले पार्टीका सांसदहरूलाई ब्रिफिङ गर्नेछन् ।